२०८१ चैत्र ३ गते आइतवार

डोल्पामा डोजरमाथि पहिरो खस्दा चालकको मृत्यु

डोल्पा,साउन २९ । डोल्पामा डोजरमाथि पहिरो खस्दा चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्काभेटर चालक बाँके नेपालगञ्ज उपमहानगरपालिका वडा नं १९ राझा मोहोनपुर बस्ने वर्ष ३२ को सुरज बसाल मगर रहेका छन् ।

प्रदेश प्रहरी कार्यालयका अनुसार आइतबार बिहान ८ बजेतिर त्रिपुरा सुन्दरी नगरपालिका वडा नं.३ जिऊ भन्ने स्थानमा बाटो खनिरहेको अवस्थामा माथिबाट पहिरो खसेको थियो ।

पहिरोले स्काभेटर पुरिँदा चालक सुरजको मृत्यु भएको हो । अहिले प्रहरी त्यहाँ उद्दार कार्यमा खटिएको छ ।

प्रकाशित मिति : २०७९ साउन २९ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *