दाङ, साउन २८ । रुकुम पूर्वमा शनिबार भएको जीप दुर्घटनामा परि प्रहरी प्रमुख डिएसपीसहित चारजना घाइते भएका छन् ।
जिल्लाको पुथा उत्तरगंगा गाउँपालिका वडा नं. ११ सेरो मोडमा लु १ झ ६६० नम्बरको जीप सडकबाट करिब ८० मिटर तल खसेको छ ।
जीप दुर्घटना हुँदा जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीसहित चार जना घाइते भएका हुन । डिएसपी डाँगीलाई टाउकोमा चोट लागेको छ ।
जिल्ला प्रहरी कार्यालयका अुनसार तकशेरा तर्फ निरीक्षणमा जाँदै गरेको गाडी विहान साढे ११ बजेतिर दुर्घटनामा परेको यियो ।
डिएसपी डाँगीले आँफु ठिक रहेको र अस्पताल तर्फ उपचारका लागि जान थालेको संक्षिप्त प्रतिक्रिया दिए ।
रुकुम पूर्वका प्रमुख जिल्ला अधिकारी तुलाराज सुनुवारले डिएसपी डाँगीलाई टाउकोमा चोट लागेको जानकारी दिए ।
दुर्घटानामा परि प्रहरी जवान लक्ष्मण बुढा गम्भीर घाइले भएका छन् ।
त्यस्तै सशस्त्र प्रहरी बलका रुकुमपूर्व प्रमुख नायब उपरीक्षक रविन श्रेष्ठ सामान्य घाइते छन् । जीपमा दुई प्रहरीका जिल्ला प्रमुखसहित छ जना सुरक्षाकर्मी सवार रहेको प्रजिअ सुनारले बताए ।
घाइतेमध्ये गम्भीर घाइते प्रहरी जवानलाई थप उपचारका लागि अस्पतालसम्म पु¥याउन नेपाली सेनाको हेलिकोप्टरबाट अस्पताल पठाइएको छ ।
गृह मन्त्रालयको शान्ति सुरक्षा महाशाखाले जानकारी गराएपछि नेपाली सेनाको सुर्खेतमा रहेको हेलिकप्टर उद्धारका लागि घटनास्थल तर्फ पठाइएको हो ।