२०८२ जेष्ठ १३ गते आइतवार

घोराहीमा काँग्रेसको अन्तरक्रिया


घोराही, साउन २६ । नेपाली काग्रेस क्षेत्र नं. २ प्रदेश (क) दाङको आयोजनामा बिहीबार घोराहीमा अन्तरक्रिया कार्यक्रम भएको छ।

नेपाली काग्रेस प्रदेशसभा क्षेत्रीय कार्यसमिति दाङ क्षेत्र नं. २ (क) दाङका सभापति प्रकास श्रेष्ठको अध्यक्षता एव नेपाली काग्रेस लुम्बिनी प्रदेशका सहमहामन्त्री खगराज पान्डेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमका वक्ताहरुले मंसिर ४ मा हुने प्रदेश तथा संघीय निवार्चनमा पार्टीलाइ वलीयो वनाउनुपर्नेमा जोड दिएका थिए ।

सहभागी वक्ताहरुले बैशाख ३० मा भएको स्थानीय तह निर्वाचनमा निर्वाचित भएका जनप्रतिनिधिहरुले पार्टीसंग समन्वय र सहकार्य गर्दै जनताका काममा सहजीकरण गर्दै अगाडी वढनुपर्ने वताएका छन ।

कतिपय जनप्रतिनिधिहरु पार्टीको समन्व्य र सहकार्यमा उदासिन भएको भन्दै त्यस्तालाई पार्टीले निर्देशन दिन जरुरी रहेको बक्ताहरुको जोड थियो ।

काग्रेसलाई वलियो वनाउन र जनपक्षिय काम गर्नपनि जनप्रतिनिधि र पार्टीबीच समन्वय र सहकार्य आवश्यक रहेको उनीहरुको भनाई थियो ।

कार्यक्रममा काग्रेसका दाङका सभापति शंकरप्रसाद डाँगी, महासमिति सदस्यहरु भुपवहादुर डाँगी , सुशीला थापा , गोमा रावत, लुम्बिनी प्रदेश सदस्य जानका केसी, पुष्पा श्रेष्ठ जानका लुम्बिनी प्रदेशका प्रवक्ता प्रचन्ड न्यौपाने , क्षेत्रीय कोषाध्यक्ष गोपाल भुसाल , घोराही नगर सभापति तिलक रावत लगाएतले मनतब्य ब्यक्त गरेका थिए ।

वक्तहरुले लोकतन्त्र, प्रजातन्त्र र समाजवाद नेपाली काग्रेसको मुल मर्म रहेको भन्दै त्यसका लागि व्यक्तिगत तिक्तता भुलेर आगामी निर्वाचनमा पार्टीका उम्मेदवारलाई बिजयी बनाउनु पर्ने धारणा राखेका थिए ।

कार्यक्रममा विभिन्न वडावाट निर्वाचित भएका जनप्रतिनिधिहरु किरण पोखरेल, कृष्णा राना, टेकवहादुर वुढाथोकी,जुनकुमारी वुढा,गोपाल गिरी,लेखनाथ वुढाथोकी, रामकली घर्ती, कल्पना सेर्पाइली लगाएतले पार्टी र जनप्रतिनिधिका बीचमा नग र मासुको जस्तो सम्वन्ध स्थापित हुनुपर्ने आवश्यकता औंल्याएका थिए ।

कार्यक्रममा स्वागत मनतव्य सचिब माया पोखरेलले गरेकी थिइन भने हजीकरण अर्का सचिव शिशिर अधिकारीले गरेका थिए ।

प्रकाशित मिति : २०७९ साउन २६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *