२०८१ बैशाख १२ गते बुधवार

छोरीसंग ‘प्रेम’ गरेको आरोपमा विद्यार्थीमाथि शिक्षद्धारा निर्घात कुटपिट


तुलसीपुर, साउन २६ । छोरीसंग प्रेम गरेको दाङको राजपुरमा शिक्षकले एक बिद्यार्थीमाथि निर्घात कुटिपट गरेका छन् ।

जिल्लाको राजपुर गाउँपालिका वडा नं. ३ स्थित जनज्योती माध्यामिक बिद्यालय वेलामा कक्षा १२ मा अध्ययनरत विद्यार्थी १९ बर्षीय मन्साराम यादवलाई सोही विद्यालयका निमावि राहत शिक्षक पाटेश्वर यादव र उनको परिवारका सदस्यले निर्घात कुटपिट गरि घाइते तुल्याएका छन् ।

शिक्षक पाटेश्वरकी छोरी सुनिता र मन्साराम एउटै कक्षामा अध्यनरत बिद्यार्थी हुन ।

पाटेश्वरले आफ्नी छोरीसंग प्रेम गर्न खोजेको आरोपमा मन्सारामलाई साउन २१ गते राति बेला स्कूल निजकको एकान्त चौरमा बोलाएर पाँच जना मिलेर निर्घात कुटपिट गरेका थिए ।

घटनामा संलग्न मध्य केटीका बुवा तथा शिक्षक ३७ बर्षीय पाटेश्वर यादब र उनका दाजु ४० बर्षीय धिरबहादुर यादबलाई साउन २३ गते नियन्त्रणमा लिएको थियो ।

कुटपिटमा संलग्न उनीहरुका तीन छोराहरु फरार रहेको इप्रका गढवाकी प्रमुख प्रहरी निरीक्षक रञ्जु केसीले फरककोणलाई बताइन ।

कटुपिटबाट घाइते बिद्यार्थी मन्सारामको बाँकेको नेपालगंञ्जस्थित नर्सिंङहोममा उपचार भइरहेको छ ।

छोरीलाई प्रेम गरेको बाहानामा एकान्तस्थलमा बोलाई पाँच जना मिलेर बिद्यार्थीमाथि निर्घात कुटपिट भएको खबर पाएपछि प्रहरीले पीडितलाई राति नै बेला चोकबाट उद्धार गरि अस्पताल पु¥याएको उनले जानाकरी दिइन ।

पीडित बिद्यार्थीको तर्फबाट आफन्तले इलाका प्रहरी कार्यालय गढवामा ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गराएका छन् । जसमा मन्सारामले केटी र आफ्नो बीचमा प्रेम सम्बन्ध रहेको हुँदा त्यही बाहानामा केटीमार्फत आँफुलाई रातिमा एकान्तस्थलमा बोलाएर नियन्त्रणमा लिइ ज्यान मार्ने उद्योगले आक्रमण भएको भनेर जाहेरी दिएका प्रहरी निरीक्षक केसीले जानकारी दिइन ।

घटनाको अखिल नेपाल स्वतन्त्र बिद्यार्थी युनियन (कान्तिकारी) जिल्ला समिति दाङले बिरोधमा बिज्ञप्ति प्रकासित गरेको छ ।

अखिल (क्रान्तिकारी) का दाङ संयोजक गिरबहादुर महराले बिज्ञप्ति मार्फत दोशी शिक्षकलाई बखास्त गर्न माग गर्दै कानुनी कारबाहीको माग गरेका छन् ।

तस्बिर : शिबु खनाल ।

प्रकाशित मिति : २०७९ साउन २६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *