२०८१ साउन ९ गते बुधवार

‘मेट्रो कलेजले लिखित निबेदन दिँदा पनि सूचना दिन मानेन’

तुलसीपुर, साउन २५ । तुलसीपुरको मेट्रो कलेजले सूचना माग्दा नदिएको गुनासो आएको छ ।

तुलसीपुर उपमहानगरपालिका वडा नं. १२ हरिपौरीमा उपमहानगरपालिकाद्धारा सञ्चालित तुलसीपुर बहुप्राबिधिक शिक्षालय (मेट्रो कलेज) ले आँफुलाई लिखित रुपमा सूचना माग गर्न निबेदन दिँदापनि दिन नमानेको स्थानीय ५५ बर्षीय लालबहादुर रावतले गुनासो गरेका हुन ।

उनले मेट्रो कलेजका प्रमुख वशन्त आचार्यलाई बैशाख २३ गते लिखित निबेदन दिएको प्रमाण फरककोणलाई उपलब्ध गराएका छन् ।

जस्मा तुलसीपुर बहुप्राबिधिक शिक्षालय (मेट्रो कलेज) र पशुपति माध्यामिक बिद्यालयका बीचमा जग्गा प्रयोग गर्ने सम्बन्धि भएको भनिएको सहमितबारे सूचनाको हक प्रयोग गरि उनले निबेदन दिएको देखिन्छ ।

नेपालको संविधान २०७२ ले मौलिक हक अन्तरगत कुनैपनि सर्वसाधारणले यसरी निबेदन दिएको १५ दिन भित्रमा सम्बन्धित कार्यालयले सो बारे सूचना उपलब्ध गराउनु पर्ने ब्यबस्था गरेको छ ।

क्याम्पस प्रमुख आचार्यले १५ दिनमा उपलब्ध गराउने वचन दिएको र १५ बिति सकेपछि फेरि सम्झाउँदा थप २ दिनको समय उपलब्ध गराउन माग गरेपनि पछि दिन मिल्दैन भनेर रित्तोहात फर्काएको रावतले गुनासो गरे ।

मेट्रो कलेजबाट सूचनाको हक माग गर्दा नपाएपछि रावत जेठ १३ गते सूचनाको हक माग गर्दै तुलसीपुर उपमहानगरपालिकामा पुगेका थिए ।

जेठ १३ गते उपमहागरपालिकाका सूचना अधिकारी बाबुराम आचार्यले तुलसीपुर बहुप्राबिधिक शिक्षालय (मेट्रो कलेज)को नाममा सूचना उपलब्ध गराइदिन भन्दै पत्राचार गरेको प्रमाण पनि रावतले देखाएका थिए । तर, हालसम्म पनि मेट्रो कलेजका प्रमुख आचर्याले सूचना उपब्ध नगराएको हुँदा आँफु बाध्य भएर अदालत जान थालेको रावतले बताए ।

मेट्रो कलेजका प्रमुख वशन्त आचार्यले रावतले मागेको सूचना आफूले नभइ उपमहागरपालिकाले दिने बिषय भएको हुँदा रावतललाई त्यही पठाइ दिएको जानकारी दिए ।

उनले कलेज सञ्चालक समितिको सदस्य सचिव पमुख प्रशासकीय अधिकृत हुने हुँदा त्यही उतै तोक लगाइ पठाइ दिएको जानकारी दिए ।

प्रकाशित मिति : २०७९ साउन २५ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *