२०८२ असार ४ गते बिहिवार

मंसिर ३ गतेसम्म १८ वर्ष उमेर पुगेका मतदाताले चुनावमा भोट दिन पाउने

काठमाण्डौ,साउन २५ । मंसिर ३ गतेसम्म १८ वर्ष उमेर पुगेकाले मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा मतदान गर्न पाउने भएका छन् । तर त्यसका लागि फोटोसहितको मतदाता नामावलीमा भने नाम भएको हुनुपर्ने निर्वाचन आयोगले जनाएको छ ।

गएको साउन १९ गतेसम्म फोटोसहितको मतदाता नामावलीमा नाम समावेश भएकाले मात्रै मतदान गर्न पाउनेछन् ।

आयोगले चुनावका लागि गएको २० गतेदेखि नयाँ मतदाताको नामावली सङ्कलनको काम स्थगित गरेको छ ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार चुनावको मिति घोषणा भएको दिन अर्थात गएको १९ गतेसम्म सङ्कलन भएको र मतदान हुने मितिभन्दा अघिल्लो दिन मंसिर ३ गतेसम्म १८ पर्ष पुग्ने व्यक्तिहरुको मतदाता नामावलीलाई अद्यावधिक गर्ने तथा दाबी विरोधको प्रक्रिया सुरु भएको छ ।

आउँदो भदौ १२ गतेदेखि १९ गतेसम्म निर्वाचन कार्यालहरुमा मतदाता नामावली अद्यावधिकको काम हुनेछ ।

यो अवधिमा नामावलीमा भएको त्रुटि सच्याउने, कसैले झुटो विवरण दिइ नामावलीमा नाम समावेश गरेको भए त्यसको विरोधमा उजुरी दिने, दोहोरो नामावली र एकाघर परिवारका सदस्यको ज्यान गएको भए हटाउन निवेदन दिनेलगायतका काम हुनेछ ।

नामावली अद्यावधिकका लागि इमेल, फ्याक्स तथा अनलाइनबाट समेत निवेदन दिन पाइने छ ।

आयोगले मतदाता नामावली अद्यावधिक तथा दाबी विरोधको प्रक्रिया पूरा गरी भदौ ३१ गते अन्तिम मतदाता नामावली प्रकाशित गर्ने जनाएको छ ।

प्रकाशित मिति : २०७९ साउन २५ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *