तुलसीपुर,साउन २१ । तुलसीपुर उपमहानगरपालिका वडा न. १८ बिजौरीमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । शनिवार बिजौरी उद्योग वाणिज्य सघं र भिष्म स्मृति प्रतिष्ठान बिजौरीको संयुक्त आयोजनामा उक्त कार्यक्रम भएको हो ।
त्यस अवसरमा ३० जनाले रक्तदान गरेका हुन । जसमा २८ जना पुरुष २ महिला सहभागी थिए ।
जिल्लामा रगतको चरम अभाव भैरहेको बेला रक्तदान कार्यक्रमको आयोजना गरिएको उद्योग वाणिज्य सघंका महासचिव बिदुर गौतमले जानकारी दिए ।
भिष्म स्मृति प्रतिष्ठान बिजौरीका सचिव टिकाराम पौडलेको अध्यक्षतामा उक्त कार्यक्रम भएको थियो ।
प्रकाशित मिति : २०७९ साउन २१ गते शनिवार