दंगीशरण, साउन १९ । सवै स्थानीय तह र जिल्ला समन्वय समितिमा समेत नयाँ नेतृत्व आए संगै जिल्ला समन्वय समिति दाङले पहिलो पटक बिहीबार दंगीशरण गाउँपालिकामा घुम्ति अन्तरक्रिया आयोजना ग¥यो ।
जस्मा जिल्लाका दश तह मध्ये नौ वटा पालिकाका प्रमुख तथा उपप्रमुखको सहभागिता रह्यो ।
सवै पालिकाका जनप्रतिनिधिलाई हरेक महिना एकै स्थानमा भेला गराएर सम्बन्धित पालिकाका समस्या, कार्यशैली र कार्यविधिलाई एक आपसमा अनुशरण गर्ने गराउने तथा आवस्यक परेमा परिमार्जन गर्ने उदेश्यले जिल्ला समन्वय समितिले यस्तो कार्यक्रमको थालनी गरेको हो ।
जहाँ जनप्रतिनिधिले छाडा चौपायादेखि तुलसीपुरको विमानस्थल सम्मका विषयमा एकात्मक प्रयास थाल्ने सहमति समेत जनाए ।
कार्यक्रमको उदेश्य र विषयबस्तु बारे जिल्ला समन्वय समितिका प्रमुख नित्यानन्द शर्माले अबगत गराएका थिए ।
उनले सवै पालिकाहरुको समग्र विकाश प्रणालिका विषयमा जानकारी बुदागत रुपमा प्रस्तुत गरेका थिए ।
पालिकामा शान्ति सुरक्षाको अवस्था, विकाश योजना बाँडफाड र खर्चको प्रकृया, आफ्ना पालिकाका महत्वाकांक्षी योजना, कर्मचारी र जनप्रतिनिधिबीचको संबन्ध, योजना छनौटमा देखिएका चुनौती, दिगो विकाश लक्ष्या, लैंगिक समानता, लैंगिक हिंसा, जातजातिका बीचमा विभेदको समस्या लगायतका समग्र विषयमा छलफलको गरिएको हो ।
प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले घुम्ति बैठक जिल्लाको एउटा उच्च स्तरिय बैठक भएको तर्क गरे ।
उनले सुरुमै यात बैठकमा नबस्न र बसिसकेपछि बीचमा छोडेर नजान सबैलाई आग्रह गरेका थिए ।
जनप्रतिनिधिले ऐन कानुनमा नभएर पनि कार्यविधि बनाएर सम्वोधन गर्ने खालका योजना तथा विषय बस्तुका विषयमा पनि छलफल बारेमा पनि छलफल गरे ।
कतै छाडा चौपायाको समस्या, कतै जग्गाको स्वामित्व एकातिर राजश्व अर्कातिर जस्ता समस्याहरु पनि जनप्रतिनिधिले प्रस्तुत गरेका थिए । कतै सडक निर्माण संगै आँठी साँध विवादका कुराहरु पनि आएको कुरा उनीहरुले राखे ।
पारदर्शिता, समृद्धी र सहकार्यका लागि भनेर आयोजना गरिएको बैठकमा जिज्ञासुहरुले राखेका सवै समस्याका विषयमा प्रमुख जिल्ला अधिकारीले आवस्यक रुलिङ समेत गरेका थिए ।
स्थानीय तहमा हुन सक्ने समाधानका सन्दर्भमा सवै जनप्रतिनिधिले सहजीकरण गर्ने र जिल्ला समन्वय समितिले आवस्यक समन्वय गरेपछि सवै तह र तप्का स्वतः परिचालन हुने पनि उनले बताए ।
कार्यक्रममा धेरै लमही नगरपालिकाकी उपप्रमुख लक्ष्मी योगीले सीमांकनको सवाल उठाइन ।
साविकको फूलवारी गाविसमा रहेको अमिलिया अहिले लमही नगरपालिकामा गाभिएपनि आफ्ना स्थानीयको जग्गा मालपोत कर भने तुलसीपुर उपमहानगरपालिकाले उठाइरहेकोमा यसमा सहजीकरण गर्न जिल्ला समन्वय समितिलाइ आग्रह गरिन ।
‘नागरिक हाम्रा, कर राजशव अन्तै, हामीलाई चित्त बुझेको छैन’, उपप्रमुख लक्ष्मीले भनिन् ।
यो केन्द्रीय समस्या भए केन्द्रमा जान तयार रहेको तथा प्रदेशको भए प्रदेशमा जान आँफुहरु तयार हरेको उनले बताइन ।
‘यदी त्यो समस्या स्थानीय हो भने जिल्ला समन्वय समितिले त्यसको भूमिका तत्काल निर्वाह गर्नु पर्छ,’ योगीले भनिन् ।
विकाशमा विवाद हुन्छन्, सहजीकरण र समन्वय पनि हुन्छ, त्यसवाहेक कानुनी प्रक्रिया पनि हुन्छ । कसैलाइ निजि श्रोतका शिक्षकलाइ तलव खुवाउन मुस्किल छ, कसैलाई गौशाला बनाउन वनले जग्गा नदिएकोमा समस्या छ, त कसैलाई सुरक्षा निकायलाई चलायमान बनाउन समस्या रहेको जस्ता कुराहरु पनि सहभागिहरुले राखेका थिए ।
यी सवै समस्यालाई कसरी समाधान गर्ने भन्ने तर्फ जिल्लाका प्रमुख तथा उपप्रमुखहरुले जिज्ञासा राखेका थिए ।
उनीहरुले राखेका जिज्ञासा बारे कतिपय अवस्थामा कार्यविधि निर्माण गर्नुपर्ने, कतिपय अवस्थामा मापदण्ड बनाउनुपर्ने तथा कतिपय अवस्थामा जिल्ला समन्वय समितिले नै आवस्यक निर्देशन दिनुपर्ने सहभागिको जोड थियो ।
शान्तिनगर गाउपालिकाका प्रमुख प्रमोद बस्नेतले गहते खोला–पुरन्धारा सडक स्तरोन्नती भैरहंदा केही समस्या उत्पन्न भएकाले स्तरोन्नतीको काम नै रोकिएको अबगत गराएका थिए ।
यसमा सहजीकरण र समन्वय गर्न जिल्ला समन्वय समिति र प्रमुख जिल्ला अधिकारीको समेत साथ र सहयोग आवश्यक परेको उनले बताए ।
आफ्नो पालिकामा कुनैपनि विकाश निर्माणको कामको ठेक्का लिने र तोकिएको समयमा काम नगर्ने ठेकेदारबाट सून्य दशमलव पाँच प्रतिसत जरिवाना राजश्व समेत गाउँपालिकाले लिएको उनले जानकारी दिए ।
पहिलो बैठकमा यति धेरै समस्याका पोखा खोलिएका थिए ।
स्थानीय पालिकाबीचको समन्वय र जिल्ला समन्वय समितिको भूमिका संगै स्थानीय प्रशासनको समेत साथ भएमा उनीहरुले राखेका समस्या सवै समाधान गर्न कठिन नहुने सहभागिहरुको जोड थियो ।
तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरीले छाडा चौपायाको समस्या पोखि रहंदा घोराही उपमहानगरपालिकाका उपप्रमुख हुमा डिसीले चारलेन सडक निर्माणकर्ता वेखवर हुंदा चौतर्फ समस्या झेल्नुपरेको बताइन ।
वंगलाचुली गाउँपालिकाका उपाध्यक्ष भक्तबहादुर जिसीले गाउँपालिकामा एक घर एक धारा गाउँ सभामा पास गरेपनि पानीको चुनौती कायमै रहेको भन्दै लिफ्ट सिंचाइ वा आकाशको पानी जम्मा गर्ने बारे आँफुहरुले काम थालेको बताइन ।
त्यस्तै राजपुर गाउँपालिकाका प्रमुख शरदकुमार बुढाथोकीले चुनौती हुंदाहुंदै पनि आधारभूत तहसम्म निशुल्क शिक्षालाई प्रार्थमिकतामा राखेको बताए ।
राप्ती गाउँपालिकाका उपप्रमुख कमलापती चौधरीले युवाहलाई दुव्र्यशनी मुक्त बनाउन एउटा चुनौती रहेको बताइन् ।
भौतिक विकाशसंगै मानव संशाधन र सामाजिक विकाशमा पनि आफुहरुले लविङ गरिरहेको उनले बताइन ।
राजपुर गाउँपालिकाका उपाध्यक्ष धनपती यादवलेसवै काम कार्यविधि र नीति बनाएर मात्रै गर्नु पर्ने बताइन ।
नाकाबासीको समस्या समाधान गर्नका लागि आफुलाइ सुरक्षा निकाय संगै जिल्ला समन्वय समितिको पनि साथ र सहयोग आवस्यक रहेको उनले बताइन ।
जिल्ला समन्वय समितिको आयोजनामा आगामी बैठक भदौ १९ गते राप्ती गाउँपालिकामा निर्णय भएको छ ।
बैठकमा सवै पालिकाका प्रमुख र उपप्रमुखहरुको अनिवार्य उपस्थितिका लागि जिल्ला समन्वय समितिले आग्रह गरेको छ ।
बैठकमा कति समयको हुने र बैठकमा आउने जनप्रतिनिधिले पालना गर्नुपर्ने आचारसंहिताका विषयमा प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले जानकारी गराएका थिए ।
बीचमै उठेर जाने गरी कुनैपनि बैठकमा सहभागि नहुन पनि उनले जनप्रतिनिधिलाई आग्रह गरेका थिए ।
बैठकमा दंगीशरण गाउँपालिकाका प्रमुख शम्भु गिरीले धन्यवाद ज्ञापन गरेका थिए ।
जिल्ला समन्वय समितिका सदस्य टोपाराम चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण दंगिशरण गाउपालिकाका प्रेस सल्लाहकार प्रमोद आचार्यले गरेका थिए ।