२०८२ चैत्र ३ गते मङ्गलवार

गायक घर्तीले जिते विविध भाषिक संगीत सम्मान जुरी अवार्ड

दाङ,असार ४ । दोस्रो राष्ट्रिय ब्राण्ड म्यूजिक अवार्ड विविध भाषिक संगीत सम्मान २०७८ लोक दोहोरी तर्फ गर्मी बढ्यो गीतबाट जुरी अवार्ड गायक प्रेम विवश घर्तीले जितेका छन् ।

ब्राण्डरुट इन्टरटेन्मेन्ट प्राली काठमाडौंको आयोजनामा असार १२ गते राष्ट्रिय नाचघर जमल काठमाडौंमा भव्यताका साथ अवार्ड कार्यक्रमा गायक घर्तीले उक्त अवार्ड हात पार्न सफल भएका हुन ।

ब्राण्डरुट इन्टर्टेनमेन्ट का कानुनी सल्लाहकार शशि शर्मा मज्गैयाको अध्यक्षता तथा माननिय शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देबेन्द्र पौडेलको प्रमुख आतिथ्यता र वरिष्ठ गीतकार सुरेश अदिकारी को विशिस्ट आतिथ्यतामा भएको दोस्रो राष्ट्रिय ब्राण्ड म्यूजिक अवार्डमा राष्ट्रिय गीत तर्फ प्रकाश सपुतले अवार्ड जितेका थिए भने लाइफ टाइम अचिभमेन्ट बाट राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका सस्थापक अध्यक्ष वरिष्ठ गायक अमर विरही गुरुङ सम्मानित भएका थिए ।

त्यस्तै वर्ष उत्कृष्ट पत्रकार को तर्फ बाट नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष विपुल पोख्रेल , डिजिटल प्रविधि सम्मान राजेन्द्र अर्याल ,दशकौ स्रस्टा सम्मान करण न्यौपाने सम्म्नित भएका थिए ।

लोक दोहोरी गीत, चलचित्रका गीत,गायक गायिका,म्यूजिक भिडियो,शब्द,सँगीत, मोडल,निर्देशक लगायत विभिन्न ४४ विद्यामा अवार्ड वितरण भएको थियो भने गायक घर्तीले यस अघि पनि हाम्रो नेपाल राम्रो नेपाल राष्ट्रिय गीत बाट सुन्दरादेवी म्युजिक अवार्ड २०७५ प्राप्त गरेका थिए ।

प्रकाशित मिति : २०७९ असार १४ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *