दाङ, जेठ ३१ । मंगलबार बिहान एक महिला र उनकी नाबालिक छोरीमाथि कुटपिट गरेपछि प्रहरी नियन्त्रणमा रहेकी लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्य मन्त्री बिमला खत्री वलीलाई बुटवल पठाउने तयारी गरिएको छ ।
लुम्बिनी प्रदेश प्रहरी प्रमुख डिआइजी नलप्रशाद उपाध्यायले मुख्यमन्त्री कुलप्रशाद केसीको फोनपछि राज्य मन्त्री वलीलाई बुटवल पठाउने तयारी गरिएको जानकारी दिए ।
दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ आलुमण्डीस्थित एकराज बस्नेतको घरमा प्रबेश गरि उनकी पत्नि मिना र नाबालिक छोरीलाई कुटपटि गरेपछि प्रहरीले राज्य मन्त्री वलीलाई नियन्त्रणमा लगेको थियो ।
त्यसपछि इलाका प्रहरी कार्यालय हुँदै राज्यमन्त्री वलीलाई जिल्ला प्रहरी कार्यालय घोराही पु¥याइएको थियो ।
त्यहाँबाट पनि वलीलाई बुटवल पठाउने तयारी भइरहेको प्रहरीले जानकारी दिएको छ ।
प्रकाशित मिति : २०७९ जेष्ठ ३१ गते मङ्गलवार