घोराही, जेठ ३० ।घोराही उपमहानगरपालिकाले विभिन्न बिषयगत समितिहरुलाई पूर्णता दिदै उपसमितिहरु गठन गरेको छ । नगरको आइतबार बसेको दोस्रो कार्यपालिका बैठकले विषयगत समितिलाई पूर्णता दिदै विभिन्न उपसमिति गठन गरेको हो ।
नगर प्रमुख नरुलाल चौधरीको अध्यक्षतामा बसेको बैठकले वडा नम्बर १८ का अध्यक्ष भरतमणी आर्यालको संयोजकत्वमा रहेको सार्वजनिक तथा सुशासन समितिको सदस्यहरुमा शान्त सेर्पाली, बसन्ता पोख्रेल र खड्गबहादुर घर्ती, वडा नम्बर १ का अध्यक्ष राममणी पाण्डेयको संयोजकत्वमा रहेको सामाजिक विकास समिति सदस्यमा पद्मा चौधरी, शरद डिसी र दुर्गा नेपालीलाई चयन गरेको छ ।
त्यस्तै वडा नम्बर ११ का अध्यक्ष कुलबहादुर लामिछाने संयोजक रहेको पूर्वाधार विकास समिति सदस्यमा मानबहादुर जिसी, लिलादेवी गोतामे र केशब शाह, वडा नम्बर ७ का अध्यक्ष खोपीराम चौधरीको संयोजकत्वमा रहेको आर्थिक विकास समिति सदस्यमा मनकलाल चौधरी, कमला परियार र दिपा नेपालीलाई बैठकले चयन गरेको छ ।
त्यस्तै वडा नम्बर १४ का अध्यक्ष भानसिंह बुढाको संयोजकत्वमा रहेको बाताबरण तथा विपद व्यवस्थापन समिति सदस्यमा राजिवराज हौजाली, मानबहादुर विक र धनीराम चौधरी, वडा नम्बर ८ का अध्यक्ष चैतुकुमार चौधरीको संयाजकत्वमा रहेको विधेयक समिति सदस्यमा बुद्धिराम शर्मा, छविलाला घर्ती र चुरामणि चौधरी रहेका छन् ।
त्यस्तै बैठकले पर्यटन विकास उपसमितिको संयोजकमा वडा नम्बर १५ का अध्यक्ष रमेशकुमार पाण्डेलाई चयन गरेको छ । उपसमितिको सदस्यहरुमा चित्रबहादुर डाँगी र चिजबहादुर चौधरी, जनस्वास्थ्य प्रबद्र्धन उपसमितिको संयोजकमा वडा नम्बर ४ का अध्यक्ष मुनाल घिमिरे र सदस्यहरुमा माया चौधरी र कृष्णा रानालाई तोकिएको छ ।
त्यस्तै महिला बालबालिका तथा जेष्ठ नागरिक उपसमितिको संयोजकमा कार्यपालिका सदस्य मिना बुढाथोकी र सदस्यको जिम्मेवारी माया नेपाली र रचना कुमाललाई दिईएको छ । कार्यपालिका बैठकले नगरको प्रबक्ताको जिम्मेवारी वडा नम्बर १ का अध्यक्ष राममणी पाण्डेयलाई दिएको छ ।
आइतबासको बैठकले आगामी असार ५ गते आगामी आर्थिक बर्ष २०७९÷२०८० को नीति कार्यक्रम सार्वजनिक गर्ने र १० गते बजेट ल्याउने समेत निर्णय गरेको उपमहानगरका प्रेस संयोजक निमुसंगम घर्तीले जानकारी दिए ।