२०८१ मङ्सिर २४ गते सोमवार

चितवनमा निकुञ्जबाट बाहिर निस्केका जनावरको आक्रमण बढ्दो, २६ महिनामा ३७ जनाको ज्यान गयो

चितवन,जेठ २८ चितवन राष्ट्रिय निकुञ्जबाट बाहिर निस्केका जनावरको आक्रमणबाट २६ महिनामा ३७ जनाको ज्यान गएको छ ।

निकुञ्ज कार्यालयका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार सबैभन्दा धेरै बाघको आक्रमणबाट १७ जनाको ज्यान गएको छ ।

चितवन राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या बढ्दै जाँदा मानिसलाई आक्रमण गर्ने क्रम पनि बढेको छ । बाघपछि गैँडाको आक्रमणबाट आठ र हात्तीको आक्रमणबाट चार जनाले ज्यान गुमाएका छन् ।

पछिल्लो तीन महिनायता बाघको आक्रमणबाट नौ जनाको ज्यान गएको छ । एउटा बाघलाई हिँडडुल गर्न झन्डै ४० किलोमिटर क्षेत्रफल आवश्यक पर्छ तर बाघको सङ्ख्या बढे पनि निकुञ्जको क्षेत्रफल बढ्न नसक्दा बाघ मानव बस्ती वरपरसम्म पुग्ने गरेको विज्ञको भनाइ छ ।

आउँदो बाघ दिवस जुलाई २९ मा सङ्ख्या सार्वजनिक गरिँदै छ । सन् २०१८ को गणनाअनुसार निकुञ्जमा बाघको सङ्ख्या ९३ रहेको थियो । निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्य बाघको सङ्ख्या बढेका कारण मध्यवर्ती क्षेत्रलाई वासस्थान बनाएकाले आक्रमणको घटना बढेको बताए ।

पछिल्लो पटक राप्ती नगरपालिका १ का ४३ वर्षीय इन्द्रबहादुर थिङ ९वाईबा० लाई बाघले आक्रमण गरी घाइते बनाएको थियो । घाइते वाइबाको पुरानो मेडिकल कलेज शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

त्यस क्षेत्रबाट बाघलाई ुडार्टु गरेर हिजो बिहान नियन्त्रणमा लिइएको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले बताए । यो बाघलाई निकुञ्जको सौरहा क्षेत्रमा रहेको खोरमा राखिनेछ । यसअघि नियन्त्रणमा लिइएका दुई वटा बाघ कसराको खोरमा राखिएको छ ।

प्रकाशित मिति : २०७९ जेष्ठ २८ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *