२०८१ मङ्सिर १७ गते सोमवार

घोराहीमा श्रीमतिले आफ्नै श्रीमानको हत्या गरिन

तुलसीपुर, जेठ २४ । दाङमा एक महिलाले आफ्नै श्रीमानको हत्या गरेकी छन ।

भारत बलरामपुर घर भइ हाल घोराही उपमहानगरपालिका वडा नं.१४ मा कोठा भाडामा बस्ने ३७ वर्षीया श्रीमति गायत्री नेपालको आक्रमणबाट ३३ वर्षीय श्रीमान पंकज गुप्ताको मृत्यु भएको छ ।

गायत्रीले अचार पिस्ने ढुँगा ‘लोहोरो’ श्रीमान पंकजलाई टाउकोमा प्रहार गरेपछि उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले जानकारी दिए ।

घटना सोमबार बिहानको हो । ऋाफ्नै श्रीमानको हत्या अभियुक्त गायत्रीलाई प्रहरीले पक्राउ गरेको छ ।

श्रीमानले रक्सी खाएर आफूलाई कुटपिट गरेपछि त्यसको प्रतिकार गर्न खोज्दा घटना घट्न पुगेको गायत्रीले प्रहरीसमक्ष बयान गरेकी छिन ।

घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७९ जेष्ठ २४ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *