दाङ, जेठ २२ । दाङले एकै पटक दूई मन्त्री पाउने भएको छ । दाङको निर्वाचन क्षेत्र नं. १ का सांसद मेटमणी चौधरी सहरी विकाश मन्त्री र दाङ निर्वाचन क्षेत्र नं. १ का सांसद हिराचन्द केसी श्वास्थ्य राज्य मन्त्री हुने भएका छन् ।
चौधरी र केसी दुबै नेकपा एकीकृत समाजबादीका नेताहरु हुन । गत संघीय निर्वाचनमा चौधरी र केसीले नेकपा एमालेबाट चुनाब जितेका थिए । तर, पार्टी बिभाजन हुँदा हाल आएर उनीहरुले समाजबादी रोजेका हुन ।
समाजबादीले ६ महिना अगाडि आफ्नो पार्टी बाट मन्त्री बनेका सबैलाई फिर्ता बोलाएर नयाँ अनुहारहरु मन्त्री मण्डलमा पठाउन लागेको हो ।
अन्य मन्त्रालयको टुँगो अझैं लाग्न बाँकी रहेको र सोमबारसम्म सपथ हुन सक्ने केसी र चौधरीले जानकारी दिए ।
प्रकाशित मिति : २०७९ जेष्ठ २२ गते आइतवार