२०८२ मङ्सिर २८ गते आइतवार

खाल्डाखुल्डीले अस्तव्यस्त बनेको बुटवलको मुख्य सडक मर्मत थालियो

बुटवल,जेठ १९ । बुटवल उपमहानगरपालिकाले चासो देखाएपछि बुटवलको मुख्य सडक मर्मत गर्न थालिएको छ ।

संघीय सरकार अन्तरगतको आयोजना भएपनि सडक डिभिजन कार्यालय र ठेकेदार कम्पनीले काम अघि नबढाएपछि बुटवल उपमहानगरपालिकाले काम अघि बढाउन निर्देशन दिएकोे थियो ।

बुटवल उपमहानगरपालिकाको निर्देशन पछि ठेकेदार कम्पनीले राजमार्ग चौराहा, मिलनचोक, अस्पताल लाईन, ट्राफिक चोक लगायतका स्थानमा खाल्डा पुर्ने र सम्याउने कामथालेको छ ।

ठेकेदार कम्पनीको कामलाई नियमित र गुणस्तरीय बनाउन बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले नियमित रुपमाअनुगमन गरेका छन् ।

वर्षायाम आउँदै गरेको र वर्षायाममाथप समस्याहुनसक्ने भएकाले छिटो काम सक्नकालागिआफुले नियमितअनुगमन गरेको प्रमुख पाण्डेले बताए । उनले बुटवलको मुख्य सडकको सुधारमा सडक डिभिजन र ठेकेदार कम्पनीसँगनिरन्तर छलफल गरेर समस्या समाधानकालागिअगुवाई गरेको बताए ।


‘यो सडक बुटवलको मात्रै नभई सिद्धार्थ राजमार्ग र पुर्वपश्चिम राजमार्गको भागपनिहो, उनले भने–यो बाटो बिग्रिदा सडकका यात्रु, आसपासकाव्यवसायी, बासिन्दाले त दुःखपाउनुभएकै छ, यसले बुटवलकै इमेजलाई समेत असर गर्छ, त्यसैले छिटो छिटो यो बाटो बनाउनुपर्छ त्यसकालागि बुटवल उपमहानगरपालिकाले के गर्नुपर्छ, मैले के गर्नुपर्छ, त्यो सबै गर्छु ।’

ठूलाठूला खाल्डा, धुलो र हिलोले मुख्य सडक नै अस्तव्यस्त बनेपछि तत्काल निर्माणको काम अघि बढाउन बुटवल उपमहानगरपालिकाका नवनिर्वाचित प्रमुख खेलराज पाण्डेले पदबहाली गरेकै दिनदेखि चासो देखाएकाथिए ।

उपमहानगरपालिकामा पद बहाली गरेपछि पाण्डेले सडकका खाल्डा पुर्ने र सडक सुधार गर्न सडक डिभिजन कार्यालय र ठेकेदार कम्पनीलाई निर्देशनदिने निर्णय गरेका थिए ।

बुटवलको सडकका खाल्डाखुल्डी पुर्न, सम्याउन र धुलोहिलोको समस्या समाधानकालागिनिरन्तर छलफल गरेर समस्या समाधानका लागि अगुवाई गरेको बुटवल उपमहानगरपालिकाका शहरी पूर्वाधार विकास शाखाकाप्रमुख सुमन श्रेष्ठले जानकारी दिए ।

‘सडक डिभिजन कार्यालय र ठेकेदार कम्पनीसँगनिरन्तर छलफल गरेर बुटवलको बाटोको समस्या समाधानगर्नुप¥यो भन्नेमा मेयरसाबले नै चासो देखाउनुभएको थियो, त्यसपछि काम शुरु भएको छ’,–उनले भने ।
उपमहानगरपालिकाको निर्देशनपछि बुटवलको मुख्य सडकका खाल्डा पुर्ने र सम्याउने काम शुरु गरेको ठेकेदार कम्पनी द कञ्चनजंगाविरुवा जेभी कन्स्ट्रक्सनका इन्जिनियर प्रवीण मिश्रले बताए ।

सडक डिभिजन कार्यालय बुटवलका प्रमुखजयलाल मरासिनीले बुटवल उपमहानगरको चासो र सक्रियतापछि बुटवलको सडकका खाल्डाखुल्डी पुर्न र सम्याउनकालागि ठेकेदार कम्पनीले कामथालेको बताए ।

बुटवलको विस्तार थालिएको मुख्य सडक राजमार्ग चौराहादेखि चिडियाखोलासम्मको साढे ३ किलोमिटर सडक निर्माणका लागि ठेक्काभइसकेपनि ठेकेदारले समयमाकामनगर्दा निर्माणको कामअलपत्र परेको थियो ।

४ लेनबाट बढाएर ६ लेन बनाउन २०७३ देखि निर्माण प्रक्रिया अघि बढाइएको थियो । बेलहिया बुटवल व्यापारिक मार्ग आयोजनाले २०७३ चैतमा ३० महिनामा सक्नेगरी ठेक्कादिएपनि ठेक्कालिने कम्पनीकञ्चनजंगाबिरुवा जेभीले विभिन्नबहानामाकाममा ढिलासुस्तीगर्दै आएको थियो ।

प्रकाशित मिति : २०७९ जेष्ठ १९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *