काठमाण्डौ,जेठ १७ । प्रतिनिधि सभाको बैठकमा आजदेखि बजेटमाथि सैद्धान्तिक छलफल सुरु हुँदैछ । बिहान ११ बजे बस्ने बैठकमा बजेटमाथि सैद्धान्तिक छलफल हुने संसद सचिवालयले जनाएको छ ।
सचिवालयका अनुसार आज, भोलि र पर्सि बजेटमाथि सैद्धान्तिक छलफल हुनेछ । बैठकमा अर्थमन्त्री जनार्द्धन शर्माले बजेटमाथि उठेका प्रश्नको जवाफ दिनु हुनेछ । प्रमुख प्रतिपक्षी दल एमालेले बजेटको विरोध गर्दै आएको छ ।
बजेट नागरिकमुखी नभएर चुनावमुखी भएको एमालेको टिप्पणी छ । एमालेको हिजोको संसदीय दलको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले बजेटको भण्डाफोर गर्न निर्देशन दिएका थिए ।
अस्ति अर्थमन्त्री जर्द्धन शर्माले १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको बजेट सार्वजनिक गरेका थिए ।
प्रकाशित मिति : २०७९ जेष्ठ १७ गते मङ्गलवार