२०८१ बैशाख ८ गते शनिवार

दाङमा प्रदेश स्तरिय आइटीपार्क निर्माण हुने

लिलाधर वली,
दाङ,२४ माघ । घोराही उपमहानगरपालिका वडा नं. १० को अर्घुलम्डरुवामा प्रदेशस्तरीय आइटी पार्क निर्माण हुने भएको छ । त्यसको लागि प्रारम्भीक चरणको अध्ययन सकेर जग्गा अधिकरणको काम सुरुभएको प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले बताए ।

‘प्रदेश सरकारले बजेट बिनियोजन गरेपछि प्रदेश र जिल्लाका नापी, वन, विद्युत, टेलिकमलगायतका कार्यालयको सयुक्त टोलीले प्रारम्भीक स्थलगत अध्ययन गरेको थियो’,प्रमुख जिल्ला अधिकारी रिजालले भने,‘टोलीले अध्ययनपछि जग्गा उपलव्ध भएमा आइटीपार्क निर्माण गर्न सकिने प्रतिवेदन दिएपछि जग्गा अधिक्रमणको काम सुरुभएको छ ।’ आइटी पार्क निर्माणका लागि कम्तीमा ४० विगाह जग्गा आवश्यक उनले बताए ।

आइटीपार्क निर्माणका स्थानीय सामुदायिक वनको करिव ८९ हेक्टर र जनजागृति माध्यामिक विद्यालयको १६ विगाह जमिन मध्य विद्यालयलाई दुई विगाह १२ कट्ठा १० धुर जग्गा बच्ने गरि आइटीपार्कका लागि जग्गा अधिकरणको काम सुरुभएको घोराही उपमहानगरपालिका वडा नं. १० का वडाध्यक्ष चित्रबहादुर डागीले बताए । आइटीपार्क स्थापनाका लागि उक्त स्थान उपयुक्त रहेको प्रारम्भीक अध्ययनको रिपोर्ट आएपछि काम सुरुभएको छ । अहिले उक्त स्थानमा रहेको सामुदायिक वन, विद्यालयलगायत स्थानीय राजनीतिक दलको सर्वंदलिय बैठकले उक्त जग्गा आइटीपार्क स्थानपानका लागि प्रदान गर्ने निर्णय प्रमुख जिल्ला अधिकारीमार्फत प्रदेश सरकारलाई पठाएको वडाध्यक्ष डागीले बताए ।

प्रदेशस्तरिय आइटीपार्क निर्माणको लागि प्रारम्भीक अध्ययनको काम भईरहेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव केशव आचार्यले बताए । ‘प्रदेश मन्त्रालयले प्रदेशस्तरिय आइटीपार्क निर्माणका लागि बजेट बिनियोजन गरिसकेको छ,’सचिव आचार्यले भने,‘त्यही अनुसार अहिले जग्गा खोजीको कार्यमा मन्त्रालय लागेको छ ।’ उनले प्रदेशस्तरिय भौतिक पूर्वाधार तथा सवै कामलाई प्रभावकारी ढंगले अघि बढाउने गरि स्थापना गर्न थालिएको आइटीपार्कमा सूचना प्रविधि सम्वन्धी पढ्ने, पढाउने र रिसर्च गर्नै काम हुने समेत बताए ।

‘जग्गाको टुंगो नलागिसकेको अवस्थामा अहिले नै आइटीपार्कमा के–के हुन्छ भनेर भन्ने सकिने अवस्था छैन’,सचिव आचार्यले भने,‘तर एउटा सामान्यतया बगैचाँ निर्माणका लागि सवै प्रकारका फुलहरु आवश्यक परे जस्तै आइटीपार्कमा आइटी सम्वन्धी सवै सामाग्रीहरु रहनेछन ।’ यो एक प्रकारको उद्योग नै भएकाले उद्योगको लागि आवश्यक जग्गासँगै सडक, विद्युत, टेलिफोन,पानीलगायतका सवै आवश्यक पर्नेछ । आइटीपार्कलाई प्रदेशको दिर्घकालिन विकासका लागि आइटी विश्वविद्यालयको रुपमा विकास गरिने भएको छ ।

प्रकाशित मिति : २०७५ माघ २४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *