२०८२ जेष्ठ ११ गते शुक्रवार

टरिगाँउ एयरपोर्ट बिस्तार गर्न लुम्बिनी पर्यटन मन्त्रालयले नेतृत्व लिन्छ –पर्यटन मन्त्री डिल्लीबहादुर चौधरी

तुलसीपुर, जेठ १५ । लुम्बिनी प्रदेशका ग्रामिण तथा पर्यटन मन्त्री डिल्लीबहादुर चौधरीले लुम्बिनी प्रदेश सरकारले दाङ तुलसीपुरस्थित टरिगाँउ एयरपोर्टको धावनमार्ग विस्तार गर्न नेतृत्व लिने बताएका छन् ।


आइतबार प्राबिधिकसहित एयरपोर्टको स्थलगत अनुगमण पछि नेपाली काँग्रेसका नेतासमेत रहेका चौधरीले अहिले सम्म टरिगाँउ एयरपोर्ट विस्तारका लागि धेरै खर्च लाग्छ भनेर गलत अपबाफ फैलाइएको आँफुले पाएको बताए ।

‘४० करोड सम्मको लागनीमा सजिलै प्रन्धदेखि सोह्रसय मिटरको धावन मार्ग बिस्तार गर्न सकिन्छ भन्ने तथ्य कुरा हामीलाई तथ्य प्राबिधिकले बताएका छन्,’ मन्त्री चौधरीले भने ‘ धावनमार्ग विस्तार गर्न ९ देखि २० अर्ब लाग्छ भनेर हामीलाई गतल सूचना दिइएको रहे छ ।’


एयपोर्ट निर्माणका लागि संघ सरकारलाई गुहार्ने र त्यो संभव नभएपनि प्रदेश सरकार र स्थानीय सरकारको सहकार्यबाट एयरपोर्टको धावन मार्ग विस्तार गरिने मन्त्री चौधरीले जानकारी दिए ।

‘हामीलाई पहिले अर्बौं रकम लाग्छ भनियो र धेरै घरहरु धप्काउनु पर्छ भनियो, तर त्यो गलत रिपोटिङ रहेछ,’ चौधरीले भने ‘ कुनै घर नधप्काएपनि ५० करोड भन्दा कम लगानीमा टरिगाँउ एयरपोर्ट सहजै विस्तार गर्न संभव रहेछ ।’
महेन्द्रनगरको मोडेलको बारेमा सुनिसकेपछि त्यही एयरपोर्ट निर्माण गरेका प्राबिधिक र पाइलट झिकाएर मन्त्री चौधरीसहितको टोलीले एयरपोर्टको अध्यन गरेको हो ।


टरिगाँउ एयरपोर्टको लागि बजेट छुट्याउन प्रधानमन्त्रीदेखि अर्थमन्त्रीलाई समेत आग्रह गरिएको जानकारी दिदै मन्त्री चौधरी यदी संघीय सरकारले बजेट नछुट्याएपनि लुम्बिनी प्रदेश पर्यटन मन्त्रालयको नेतृत्वमा बिमानस्थल बिस्तारको काम सुरु गरिने उनले बताए ।


टरिगाँउ बिमानस्थलको बारेमा बिगतदेखि नै भूमिका निर्वाह गर्दै आएको तुलसीपुर उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष बिमल रिजाल, अहिलेका अध्यक्ष रामप्रशाद चालिसे लगाएतको टोलीलाई बिमानस्थलको क्षेत्रफल छुट्याउनका लागि तारबार सुरु गर्न आग्रह गरेका थिए । ‘सांसद कोषको रकम हालेर भएपनि हामी तारबारको काम तत्कालै सुरु गर्ने छौं,’ चौधरीले भने ‘ अहिले सम्म कुरा मात्रै भए होलान अब काम अगाडि बढ्छ ।’


यसअघिपनि बाणिज्य संघले एयरपोर्ट बिस्तारका लागि भनेर खुत्रुर्के अभियान सञ्चालन गरेको थियो । तर, निर्वाचनको समयमा त्यो रोकिएको थियो । त्यस्तै बाणिज्य संघले स्थानीय सामुदायिक वन संगको सहमति पछि बिमानस्थल दक्षिणका केही रुखहरु पनि काटेको छ।


स्थानीय तह निर्वाचनको समयमा गत बैशाख अन्तिम साता प्रधानमन्त्री शेरबहादुर देउवा र पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल टरिगाँउ एयरपोर्टमा हेलिकोप्टर मार्फट ल्याण्ड गरेका थिए । त्यस दिनपनि मन्त्री चौधरीले प्रधानमन्त्री देउवा र प्रचण्डको ध्यानाकर्षण गराउँदै तत्काल टरिगाँउ एयरपोर्ट बिस्तारका लागि पहल गर्न आग्रह गरेका थिए ।

जबाफमा देउवाले लागत स्टिमेटसहित आउन आग्रह गर्दै यही सरकारले टरिगाँउ एयरपोर्ट विस्तार गर्ने आश्वासन दिएका थिए ।
यद्यपी यस्तो आश्वासन यसअघि पनि यहाँ आएको समयमा हरेक पटक बनेका प्रधानमन्त्री तथा पर्यटन मन्त्रीहरुले आश्वासन दिदै आएका छन् ।


महेन्द्रनगरमा एयरपोर्ट निर्माणको काम गरेका एटिआर ७२ को इन्ट्रक्सन इक्जामिनर पाइलट बेद उप्रेतीले लुम्बिनी प्रदेशका पर्यटन मन्त्री चौधरीले टरिगाँउमा एटिआर बिमान अबतरण गर्न सक्ने संभावना छ कि रु छैन ? भनेर जिज्ञासा राख्दै बोलाएको हुँदा मन्त्री चौधरीकै आग्रहमा आँफु स्थलगत अध्यनका लागि तुलसीपुर आएको जानकारी दिए ।


‘ अब अफिसल भिजिट हैन , खाली पाइलटको दृष्टिकोणले यहाँ बिमानस्थल विस्तार गर्न संभव छ कि छैन रु भनेर म हेर्न आएको हो,’ पाइलट उप्रेतीले भने ‘ इञ्जिनियरले पछि रिपोर्ट बनाउलान । तर, मैले हेर्दा जुन अहिलेको धावनमार्ग छ त्यसमा पाँच डिग्र्री बन्गाएर दक्षिण पश्चिम लागे गजबले सोह्रसयदेखि सत्रसय मिटरसम्म बिस्तार गर्न सकिन्छ ।’


पन्ध्रसय मिटर एटिआर जहाजका लागि उडान भर्न प्रसस्त हुने हुँदा टरिगाँउ एयरपोर्टमा एटिआर बिमान आउन सक्दैन भन्नु गलत रिपोर्ट भएको उनले दाबी गरे । दाङ उपत्यकामा जताततै डाँडाहरु नहुनु, नेपालकै सबै भन्दा ठूलो उपत्यका हुनु जस्ता कारणहरुले गर्दापनि समथर भूभाग प्रसस्त रहनु, प्लेनका लागि कुनै अन्य बाधाहरु नरहनु जस्ता कारणले बिमान सेवाका लागि उपयुक्त स्थान रहेको उनले तर्क गरे ।

अहिलेको धावन मार्गको सिधा दक्षिणको बोट बिरुवासहितको चिरो भाट्नु भन्दा पश्चिम तर्फको खाली जमिन धावन मार्ग विस्तारका लागि उपयुक्त रहेको उनले सल्लाह दिए ।


राज्यले चाहेमा सात दिनमै पश्चिम तर्फको खुल्ला ठाउँको काम कच्चि धावन मार्गका लागि पुरा गर्न सक्ने उनको कथन थियो ।
‘ म अहिले पनि यो एयरपोर्ट हुँदै माथिबाट उड्दै जाँदा टरिगाँउ एयरपोर्ट देख्यो भने मन दुख्छ,’ उनले थपे ‘ उत्तरतर्फ पनि बिस्तार गर्न सक्ने खाली ठाउँ छ र दक्षिण तर्फ त जति गरेपनि भूगोल छ भने राज्यले चाहेमा धावन मार्ग सत प्रतिसत विस्तार गर्न संभव छ ।’


उनले अहिले नै कसैले पहल गरेर टरिगाँउ एयपोर्ट विस्तार गर्न नसकेपनि अबको १५ बर्ष भित्रमा धावन मार्ग विस्तार भएरै छोड्ने दाबी गरेका थिए । राम्रो एयरपोर्ट बिना कुनैपनि ठाउँका स्तरबृद्धि र विकाश संभव नहुने हुँदा स्थानीय जनप्रतिनिधि तथा नेताहरुले थप पहल गर्न जरुरी रहेको उनले बताए ।


त्यहाँ पुगेका तुलसीपुर उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष बिमल रिजालले क्षेत्रीय राजनीतिको असरले जिल्लाको एक मात्र टरिगाँउ एयरपोर्टको भविश्य अन्यौंलमा परेको भन्दै समस्या समाधानका लागि पहल गर्न लुम्बिनी प्रदेश पर्यटन मन्त्री डिल्लीबहादुर चौधरी लगाएत सबै दलबाट प्रतिनिधित्व गर्ने जनप्रतिनिधि एकताका साथ राज्यलाई दबाब दिन आवश्यक रहेको बताए । त्यसक्रममा उनले ड्रोन उडाएर एयरपोर्टको अध्यनपनि गरेका थिए ।


बाणिज्य संघका अध्यक्ष रामप्रशाद चालिसेले शनिबार मात्रै टरिगाँउ एयरपोर्टको बिस्तारको लागि हातेमालो गर्न तथा चन्दा शंकलन गर्न ब्यबसायी तयार हरेको बताए । बाणिज्य संघका महासचिव विनिल केसीले टरिगाँउ एयरपोर्टमा साना बिमान मात्रै अवतरण गर्ने हुँदा बिमान चढ्न बाहिरी जिल्ला जानुपर्ने बाध्यताले गर्दा जिल्ला बासीले पाउनु सास्ति पाएको भन्दै धावन मार्ग विस्तार गर्न सके सेवा सुबिधा थपिनुको साथै जिल्लाको ब्यापार ब्यबसाय फस्टाउने हुँदा ब्यबसायी बिमानस्थलको धावन मार्ग विस्तारका लागि अग्रसर भएर लाग्ने प्रतिबद्धता जाहेर गरे ।


त्यसक्रममा स्थानीयले भने कि छिटो बिमानस्थलको धावन मार्ग बिस्तार गर्न र त्यो संभव नभए बिमानस्थल सदाको लागि बन्द गर्न माग गरेका थिए । ‘ न हाम्रो जग्गालाई बैंकले धितोको रुपमा स्वीकार गर्छ र न हाम्रो जग्गा बिक्रि हुन्छ,’ एक स्थानीय भने ‘ कि यस्को धावन मार्ग छिटो विस्तार गरियोस हैन भने सदाको बन्द गरिदिए हुन्छ ।’

बुधबार मात्रै टरिगाँउ एयरपोर्टमा काठमाडौंबाट इन्धन भर्न ११ हजार लिटर क्षमताको बाउजर आइपुगेको छ । इन्धन डिपो कार्यालय तुलसीपुरका प्रमुख बिपिनकुमार श्रेष्ठले हवाई इन्धन डिपो निर्माणको काम अन्तिम चरणमा पुगेबो जानकारी दिए ।

हाल ३० हजार लिटर क्षमताको ट्याँकलाई फाउन्डेसनमा राखेर फिटिङको काम चलिरहेको छ ।
प्रमुख श्रेष्ठले बाँकेको नेपालगञ्जबाट २० हजार लिटर क्षमताको हवाई इन्धन (एटिएफ) ल्याएर तयारी अवस्थामा राखिएको जानकारी दिए ।


२०११ सालदेखि हवाई सेवा सञ्चालनमा आएको टरिगाँउ एयरपोर्टको धावन मार्ग पछिल्लो समय लोकेन्द्र बिष्ट मगर पर्यटन मन्त्री हुँदा छुट्याइको बजेटले ३० मिटर चौडाई र ७ सय ५० मिटर लम्बाई मात्रै कालो पत्रे गरिएको छ । जस्ले गर्दा यहाँ ठूला बिमान अबतरण गर्न सक्दैनन् । जिल्लाको एक मात्र यो एयरपोर्टमा हाल १९ सिटे सानो बिमानले मात्रै सेवा दिदै आएको छ ।


जस्ले गर्दा भाडा महंगो र टिकट पाउन मुस्लिक हुने गर्छ । दाङ, सल्यान, रोल्पा, रुकुम लगाएतका सर्वसाधारण हवाई सेवाका लागि नेपालगञ्ज वा भैरहवा जान बाध्य छन् ।

तस्विर ः फरककोण ।

प्रकाशित मिति : २०७९ जेष्ठ १५ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *