२०८२ बैशाख ११ गते बुधवार

तुलसीपुरका मेयरमा एमालेका टीकाराम खड्का र उपमेयरमा श्यानी चौधरी बिजयी

तस्विर ः फरककोण ।

तुलसीपुर, जेठ ११ । दाङको तुलसीपुर उपमहानगरपालिकाको मतपरिणाम सार्वजनिक भएको छ।

तुलसीपुरमा सत्तारूढ गठबन्धनलाई हराउँदै नेकपा एमालेले मेयर र उपमेयर जितेको छ।

मेयरमा टीकाराम खड्का र उपमेयरमा स्यानी चौधरी विजयी भए । खड्काले गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेसका गेहेन्द्र गिरीलाई पराजित गरे । खड्काले ३१४०८ मत ल्याउँदा गिरिले २७७१६ मत पाए।

उपमेयरमा चौधरीले ३०५९७ मत प्राप्त गरि विजयी भइन । पराजित भएका नेकपा एकीकृत समाजवादीका जोगबहादुर राना मगरले २१०६५ मत प्राप्त गरे । तुलसीपुरमा एमालेले १० वडाध्यक्ष पनि जितेको छ । यहाँ नेपाली काँग्रेसले ५ वडाध्यक्ष जित्यो । त्यस्तै नेकपा माओबादी केन्द्रले ४ वडाध्यक्ष जितेको छ ।

तुलसीपुर १६ मा भने स्वतन्त्र उम्मेदवार बिजयी भए । यसपटक गठबन्धनबाट माओबादी केन्द्रले फाइदा लिएको छ । २०७४ सालको निर्वाचनमा माओबादीले १ वडापनि जितेको थिएन । १० वडा जितेको काँग्रेसले यसपाली ५ वडाहरु गुमाएको छ । तुलसीपुरमा कुल ७४ हजार ३ सय ३७ मत खसेको थियो ।

घोराही उपमहानगरमा पनि सत्ता गठबन्धनलाई हराएर जित हात पारेको थियो। यी दुबै उपमहानगरमा २०७४ को चुनावमा पनि एमाले विजयी भएको थियो।

प्रकाशित मिति : २०७९ जेष्ठ ११ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *