तुलसीपुर,जेठ १० । दाङको तुलसीपुर उपमहानगरपालिकामा ६२ हजार ३ सय ६८ गन्दा नेकपा एमालेका मेयर पदका उम्मेदवार टीकाराम खड्का र उपमेयरकी उम्मेदवार श्यानी चौधरीको अग्रता कायमै छ । पछिल्लो मत परिनाम अनुसार मेयरका उम्मेदवार खड्काले २५ हजार ९ सय ६० मत प्राप्त गरेका छन भने उपमेयरमा चौधरीले २५ हजार ६ सय ७५ मत प्राप्त गरेकी छिन । खड्का १९४४ र चौधरी ७७५८ मतान्तरणले प्रतिष्पर्धी भन्दा अगाडि रहेका छन् ।
त्यस्तै मेयरमा गठबन्धनबाट नेपाली काँग्रेसका उम्मेदवार गेहेन्द्र गिरीले २४ हजार १९ मत प्राप्त गरेका छन् । त्यस्तै उपमेयरमा गठबन्धनबाट नेकपा एकीकृत समाजबादीका जोगबहादुर राना मगरले १७९१७ मत प्राप्त गरेका छन् ।
अहिले तुलसीपुर वडा नं. १७,१८ र १९ नम्बर वडाको मत गणना जारी छ ।
तुलसीपुरमा ७४ हजार ३ सय ३७ मत खसेको थियो । अहिले सम्म एमालेले ८, काँग्रेसले ४ र माओबादी केन्द्रले ३ वडा र स्वतन्त्रले १ वडा जितेका छन् ।