तुलसीपुर,जेठ ७ । तुलसीपुरको मेयरमा एमालेले मतान्तर बढाउँदै लगेको छ ।
पछिल्लो मतपरिनाम अनुसार २८ हजार ६ सय ५७ मत गणना हुँदा खड्काले ११९१८ मत प्राप्त गरेका छन ।
त्यस्तै गठबन्धनका मेयरका उम्मेदवार नेपाली काँग्रेसमा गेहेन्द्र गिरीले ११ हजार ६ सय १० मत प्राप्त गरेका छन ।
एमालेका खड्का गठबन्धनका गिरीभन्दा ३ सय ८ मतान्तरले अगाडि छन् । त्यस्तै उपमेयरमा एमालेकी स्यानी चौधरीले १११७४ मत प्राप्त गर्दा गठबन्धनका तर्फबाट उपमेयरका उम्मेदवार नेकपा एकिकृत समाजवादीका ८८९७ मत गरेका छन ।
एमालेकी चौधरी गठबन्धनका राना भन्दा २२ ७७ मतले अगाडि छिन ।
निर्वाचन कार्यालय तुलसीपुरका अनुसार हालसम्मको मतपरिनाम हेर्दा मेयरमा ३८९० बदर मत भेटिएको छ भने उपमेयरमा ५७८२ बदर मत भेटिएको छ ।
तुलसीपुर उपमहानगरपालिकामा ७४ हजार ३ सय ३६ मत खसेको थियोे । हाल २८ हजार ६ सय ५७ मत गणना भएको छ भने ४५ हजार ६ सय ७९ मत गणना हुन बाँकी छ ।