२०८२ बैशाख ७ गते शनिवार

तुलसीपुरमा १२३४८ मत गन्दा काँग्रेसका गिरी ३३३ मतले अगाडि

तुलसीपुर,जेठ ५ । तुलसीपुर उपमहानगरपालिकामा नेपाली काँग्रेसका उम्मेदवार गेहेन्द्र गिरीले अग्रता कायम छ । पछिल्लो मत परिणाम अनुसार १२ हजार ३ सय ४८ मत गणना हुँदा गिरीले ५ हजार ४सय २ मत प्राप्त गरेका छन् ।

त्यस्तै एमालेका उम्मेद्वार टिकाराम खड्काले ५ हजार ६९ मत प्राप्त गरेका छन् । गिरी एमालेका खड्का भन्दा ३३३ मतले अघि छन ।

त्यस्तै उमेयर एमालेका स्यानी चौधरीको अग्रता कायम छ । उनले ४ हजार ८ सय १३ मत प्राप्त गर्दा गठबन्धनको तर्फबाट नेकपा एकिकृत समाजवादीका जोग बहादुर रानाले ४ हजार ३ सय ८१ मत प्राप्त गरेका छन् । उनीहरु बिच ५६८ मतको फरक छ ।

यसैबिच पछिल्लो मत परिणाम अनुसार तुलसीपुर ३ मा एमालेका विरबहादुर बिकले अग्रता लिएका छन । उनले ७३९ मत प्राप्त गर्दा एकिकृत समाजवादीका मंगल नेपालीले ६११ मत प्राप्त गरेका छन ।

त्यस्तै तुलसीपुर ५ को मत परिणाम अनुसार कांग्रेसका बिरेन्द्र कुमार शाहले अग्रता बढाएका छन । उनले ६६८ मत प्राप्त गर्दा एमालेका पदम पोख्रेलले ४११ मत प्राप्त गरेका छन । शाह पोख्रेल भन्दा २ सय ५७ मतले अगाडी छन् ।

त्यस्तै तुलसीपुर ६ मा ४ सय मत गणना गर्दा कांग्रेसका लोकराज डाँगीले १६६ मत प्राप्त गरेका छन भने एमालेका दुजमान भण्डारीले १५९ मत प्राप्त गरेका छन । डाँगी भण्डारी भन्दा ७ मतले अघि छन ।

तुलसीपुरमा वडा नं. १ र २,४को अन्तिम मतपरिणाम सार्वजनिक भइसकेको छ भने वडा नं. ३, ५ र ६ कोे मतगणना भइरहेको छ ।

प्रकाशित मिति : २०७९ जेष्ठ ५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *