२०८१ जेष्ठ ३० गते बुधवार

रोल्पामा कारागारको सौचालयमा सुर्खेतका शाह मृत फेला

दाङ, जेठ ५ । रोल्पाको कारागारमा एक कैदीबन्दी मृत अवस्थामा फेला परेका छन् ।
सुर्खेत जिल्लाको बराहताल गाउँपालिका वडा नं. १ घोडा आँखेका २७ बर्षीय बिजय बिक्रम शाह जिल्ला कारागार रोल्पाको शौचालयमा आत्महत्या गरेको अवस्थामा फेला परेका छन् ।

जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी प्रमुख डिएसपी बिनोद घिमिरेका अनुसार शाह बुधबार बेलुका पौने ७ बजेतिर कारागारको सौचालय भित्र झुण्डी आत्महत्या गरेको अवस्थामा फेला परेका हुन ।

गलबन्दीले पासो लगाइ आत्महत्या गरेको अवस्थामा शाह फेला परेको डिएसपी घिमिरेले बताए ।
नेपाली सेना र नेपाल प्रहरीको साँझ दैनिक गरिने चेक जाँच तथा गन्तीका क्रममा एक जना नपुगेपछि शाहको खोजी सुरु भएको प्रहरीले जानकारी दिएको छ । खोज्ने क्रममा शाह सौचालय भित्र मृत अवस्थामा फेला परेका थिए ।

शव राति नै पोष्ट मार्टमका लागि जिल्ला अस्पताल रेउघा पठाइएको तथा घटनाबारे अनुसन्धान जारी रहेको पनि प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०७९ जेष्ठ ५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *