२०८१ मङ्सिर २४ गते सोमवार

गढवाको अध्यक्षमा माओबादीका पोखरेल र उपाध्यक्षमा काँग्रेसकी चौधरी निर्वाचित

यसअघिका अध्यक्ष र उपाध्यक्ष पराजित भए

तुलसीपुर, जेठ ४ । दाङको गढवा गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका यमनारायण शर्मा पोखरेल (विश्वास) र उपाध्यक्षमा नेपाली कांग्रेसकी शारदा चौधरी निर्वाचित भएका छन् ।


अध्यक्षमा निर्वाचित पोखरेलले ६९०९ र उपाध्यक्षमा निर्वाचित चौधरीले ५१८१ मत प्राप्त गरेका छन । यहाँ माओबादी र नेकपा एकीकृत समाजबादीबा बीचमा चुनाबी तालमेल भएको थियो ।

अध्यक्ष पदमा नेपाली कांग्रेसका उम्मेदवार सर्वजित डीसीले ६१६७ मत प्राप्त गरे । त्यस्तै २०७४ सालको स्थानीय तह निर्वाचनमा अध्यक्षमा निर्वाचित नेकपा एमालेका उम्मेदवार सहजराम यादव भने यसपटक पराजित भएका छन् । यादवले ४१३१ मत प्राप्त गरे ।
त्यस्तै उपमेयरमा नेकपा एमालेकी सीताकुमारी चौधरीले ४८३० मत प्राप्त गरेकी थिइन । त्यस्तै यहाँ माओवादी केन्द्रसंग तालमेल गरेर उपाध्यक्षमा प्रतिस्पर्धा गरेकी एकीकृत समाजवादीकी शान्ती चौधरी भने पराजित भएकी छिन ।

चौधरीले उपमेयरमा ४११२ मत प्राप्त गरेकी थिइन । शान्तीपनि २०७४ सालको स्थानीय तह निर्वाचनमा नेकपा एमालेबाट गाउँपालिका उपाध्यक्ष निर्वाचित भएकी थिइन ।


उनी नेकपा समाजबादीका नेता तथा दाङ क्षेत्र नं. १ का संघीय सांसद मेटमणि चौधरीकी दिदीपनि हुन ।

प्रकाशित मिति : २०७९ जेष्ठ ४ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *