२०८१ मङ्सिर १७ गते सोमवार

लमहीमा एमालेको सर्वनाक हार

दाङ, जेठ ४ । दाङको लमही नगरपालिकाको मेयर÷उपमेयर दुबै नेपाली कांग्रेसका उम्मेदवार बिजयी भएका छन् । मेयरमा कांग्रेसका जोगराज चौधरीले ९ हजार ३ सय १७ मत प्राप्त गरि बिजयी भएका छन् । चौधरीले निकटतम प्रतिष्पर्धीलाई २ हजार ३२ मतान्तरणले पराजित गरेका हुन ।


मेयरमा निर्वाचित चौधरीका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका बसन्तराज शर्माले ७ हजार २ सय ८५ मत प्राप्त गरे । त्यस्तै नेकपा एमालेका मेयर पदका उम्मेदवार दण्डीराम चौधरीले ५ हजार ५ सय ३ मत प्राप्त गरे ।

त्यस्तै उपमेयरमा नेपाली कांग्रेसकी लक्ष्मी योगी ८ हजार ७ सय ३७ मत प्राप्त गरी निर्वाचित भइन । योगीले निकटतम प्रतिद्धन्दी माओवादी केन्द्रकी गंगा पाण्डेलेलाई २८८९ मतान्तरले पराजित गरिन । माओबादीकी पाण्डेले ५ हजार ८ सय ४८ र एमालेकी सुशिला शर्माले ५ हजार ३ सय १२ मत प्राप्त गरे ।

लमहीमा २०७४ सालको स्थानीय निर्वाचनमा एमालेले मेयर र उपमेयर काँग्रेसले जितेको थियो । त्यतिखेर एमालेका मेयर कुलप्रशाद केसीले जितेका थिए भने वडा नं. १ र ५ पनि एमालेले जितेको थियो । तर, यसपटक एमाले शून्य अवस्थामा झरेको छ । उस्ले यहाँ एउटा सदस्यपनि जित्न सकेन ।

यसपटक काँग्रेसले मेयर ÷ उपमेयरसहित लमहीका ९ वडामध्ये ८ वडामा जितेको छ । लमही – ५ मात्रै माओवादी केन्द्रले जितेको छ । यहाँपनि वडाध्यक्ष बाहेक ४ जना सदस्य काँग्रेस उम्मेदवारले नै जितेका छन् ।

काँग्रेसबाट लमहीमा– १ मा दामोदर पौडेल, वडा नं. २ मा नेपालु चौधरी, वडा नं. ३ मा मनोज चौधरी, वडा नं. ४ मा सुवाश न्यौंपाने, वडा नं. ६ मा श्यामनारायण चौधरी, वडा नं. ७ मा मोहन गिरी, वडा नं. ८ मा उमेश खड्का र वडा नं. ९ मा भेषबहादुर केसी निर्वाचित भएका छन् । लमहीमा काँग्रेसका चार जना वडाध्यक्षले यस पटक पनि निर्वाचित जितेका छन् ।

दाङको क्षेत्र नं. १ अन्तरगत पर्ने लमही नेपाली काँग्रेसका स्वर्गिय नेता खुमबहादुर खड्काको गृह नगर हो । अहिले खड्का पत्नि तथा नेपाली काँग्रेसकी केन्द्रीय सदस्य सिला शर्मा खड्का, उनका छोरा अनुराग खड्का यहीबाट सक्रिय राजनीति सुरु गरेका छन् ।

त्यस्तै काँग्रेस केन्द्रीय सदस्य योगेन्द्र चौधरी, काँग्रेस क्षेत्र नं. १ का सभापति भेषराज पाण्डे लगाएतले निर्वाचन अबधिभर काँग्रेसको पक्षमा माहोल बनाउन निकै खटिएर लागेका थिए । काँग्रेसहरु अघिल्लो हारको पीडाबाट एक जुट भएको हुँदापनि बहुमतसहितको परिनाम आफ्नो पोल्टामा पार्न सफल भएको जानकारहरु बताउँछन् ।

‘यहाँ हाम्रो पार्टीको सर्वनाक हार भो,’ एमालेका एक नेताले भने ‘अघिल्लो पटक जितेका मेयर र एमालेका प्रदेश सभा सदस्य जितेकोहरुको भूमिका चित्त बुझ्दो नभएको यो प्रमाण हो ।’ मतदाताले यसअघिका मेयरका कार्यशैली मन पराएका रहेनछन् भन्ने पुष्टि मतदान बाट भएको उनले बताए ।

तर, उनले एमाले महासचिव शंकर पोखरेलको जिल्ला र त्यसमा पनि दाङको देउखुरीमा मुख्य मन्त्री छँदा पोखरेलकै पहलमा राजधानी बुटललबाट देउखुरीको भालुवाङ सारिएको भएपनि जनताले सही मुल्याङक नगरेको उनले टिप्पनी गरे ।

दश पालिका रहेको दाङमा तुलसीपुर र घोराही गरि दुई उपमहानगरपालिका र लमही नगरपालिका रहेका छन् भने बाँकी ७ गाउँपालिका रहेका छन् ।

प्रकाशित मिति : २०७९ जेष्ठ ४ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *