दाङ, बैशाख ३१ । रोल्पा नगरपालिका वडा नं.१ मा नेकपा माओवादी केन्द्रका उम्मेदवार खुमबहादुर थापा विजयी भएका छन् ।
थापाले ९ सय ८७ मत प्राप्त गरि बिजयी भएका हुन । उनका निकटतम प्रतिपष्र्धी नेपाली कांग्रेसका उम्मेदवारले ३७० मत र नेकपा एमालका उम्मेदवारले जम्मा ४३ मत मात्रै प्राप्त गरेका छन् ।
त्यस्तै थबाङ गाउँपालिका अन्तरगत वडा नं.५ को वडा मतगणना सकिएको छ । मत परिणाम अनुसार वडाध्यक्षमा ३९५ मत प्राप्त गरि नेकपा माओवादी केन्द्रका वडाध्यक्षका उम्मेरद्वार गोबोद्धन घर्तीले बिजयी भएका छन् ।
त्यस्तै महिला सदस्य जुनसरी पुनले ४०२, दलित महिला सदस्य रामकली बिकले ४०३ र खुल्ला सदस्यहरुमा बुद्धिबहादुर घर्तीले ४०४ र मैते घर्तीले ४०० मत प्राप्त गरि पुरै प्यानल बिजय भएको छ ।
यो वडामा नेकपा बिप्लव, नेकपा एमाले, नेपाली काँग्रेस पार्टीबाट गठबन्धनका साझा उम्मेरदवार नेपाली काँग्रेसका वडाध्यक्ष पदका उम्मेदवार लुकमन रोकामगरले २९१ मत प्राप्त गरेका थिए ।
त्यस्तै थवाङ गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार ऋषिकेशव बुढाले ३९४ मत, उपाध्यक्षका उम्मेदवार शर्मिला बुढाले ३८५ मतका साथ अग्रता कायमै राखेका छन् ।
त्यस्तै गठबन्धन अन्तरगतका अध्यक्ष पदका स्वतन्त्र उम्मेरदवार दर्जित रोकाले २८९ मत र उपाध्यक्ष रायबहादुर रोकाले २७६ मत प्राप्त गरेका छन् ।
त्यस्तै त्रिवेणी गाउँपालिका–१ मा नेकपा माओवादी केन्द्रका उम्मेदवार देउराम घर्ती विजयी भएका छन । देउरामले ४८८ मत प्राप्त गरि निर्वाचित भएका हुन । उनले नेपाली कांग्रेसका उम्मेदवार दिलबहादुर घर्तीलाई पराजित गरेका हुन ।
दिलबहादुरले ४१२ प्राप्त गरेका थिए । त्यस्तै सुनिलस्मृति गाउँपालिका वडा नं. १ मा पनि माओवादी केन्द्रका उम्मेदवार पवन कवर विजयी भएका छन् । कवर ७७६ मतका प्राप्त गरि विजयी भएका हुन । यहाँ एमाले–कांग्रेस र विप्लवका साझा उम्मेदवार ससिराम कवरले ३ सय ७४ मत प्राप्त गरेका थिए ।
त्यस्तै सुनिलस्मृति गाउँपालिका–१ मा पनि माओवादी केन्द्रका उम्मेदवार पवन कवर विजयी भएका छन ।
कवरले ७ सय ७६ मतका साथ विजयी हासिल गर्दा एमाले–कांग्रेस र विप्लवका साझा उम्मेदवार ससिराम कवरले ३ सय ७४ मत प्राप्त गरेका थिए ।