तुलसीपुर, ३० बैसाख । स्थानिय तह सदस्य निर्वाचन २०७९ तुलसीपुर उपमहानगरपालिकामा शान्तिपुर्ण रुपमा सम्पन्न भएको सन्दर्भमा मतदानलाइ शान्तिपुर्ण एवं सौहार्दपुर्ण रुपमा सम्पन्न गराउने सवैमा तुलसीपुर उपमहानगरपालिका गठवन्धनका मेयर पदका उम्मेदवार गेहेन्द्र गिरीले धन्यवाद एवं आभार व्यक्त गरेका छन् ।
मेयर पदका उम्मेदवार गिरीले शुक्रवार साझ एक विज्ञप्ती जारीगर्दै तुलसीपुर उपमहानगरपालिकाका १९ वटै वडामा शान्तिपुर्ण रुपमा मतदान सम्पन्न गराउन खटिएका निर्वाचन अधिकृत, सहायक निर्वाचन अधिकृत, कर्मचारी वर्ग, सुरक्षाकर्मिहरुको टिम, राजनितिक दलका सहकर्मि मित्रहरु, तथा संपुर्ण मतदाताहरुलाइ हार्दिक धन्यवाद व्यक्त गरेका छन् ।
साथै विज्ञप्तीमा उम्मेदवार गिरीले लोकतान्त्रिक पद्धतीमा निर्वाचनको अहम भुमिका हुने र त्यसलाइ आफुहरुले सदैव आत्मसात गर्ने बताउंदै आगामि दिनहरुमा पनि यस्तै साथ र सहयोगको अपेक्षा गरेका छन् ।