तुलसीपुर, बैशाख २९ । दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ स्थित ‘क’ मतदान केन्द्रको मतदान केन्द्र सार्ने निर्णय भएको छ ।
निरन्तरको बर्षाले अरनीको मैदान हिलाम्मे भएपछि मतदान केन्द्र बजारकै तुलसी बोर्डिङ स्कूलमा सार्ने निर्णय भएको हो ।
निरन्तरको बर्षाका कारण खसेको मत जोगाउन समस्या हुने भएपछि जिल्ला निर्वाचन ब्यबस्थापन समितिले अरनीको मैदानको मतदान केन्द्र स्थान्तरण गर्ने निर्णय गरेको हो ।
मतदान केन्द्र स्थान्तरण पूर्ब प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख लगाएत जिल्ला निर्वाचन ब्यबस्थापन समितिका पदाधिकारीहरु अबलोकन गर्न तुलसीपुर आएका थिए ।
बिहीबार बेलुका मात्रै मतदान केन्द्र स्थान्तरण गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले जानकारी दिए ।
प्रकाशित मिति : २०७९ बैशाख २९ गते बिहिवार