दाङ, वैशाख २७ । स्थानीय प्रशासनले मंगलबार मध्यरातिदेखि जिल्ला भर मदिरा बिक्रि वितरणमा निषेध गरिएको छ ।
बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई स्वच्छ र भयरहित बनाउन भन्दै मंगलबार मध्यरातिदेखि निर्वाचनको अन्तिम परिनाम सार्वजनिक नहुँदासम्म मदिराको बिक्रि वितरण तथा सेवनमा प्रतिबन्ध लगाएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी पबित्रा पुनले मंगलबार सार्वजनिक सूचना जारी गर्दै त्यस्तो जानकारी दिएकी छिन ।
निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित रुपमा सम्पन्न गर्नका लागि मदिरा विक्री वितरण तथा सेवनमा रोक लगाइएको सूचनामा उल्लेख छ ।

प्रकाशित मिति : २०७९ बैशाख २७ गते मङ्गलवार
