२०८१ मङ्सिर २४ गते सोमवार

तुलसीपुरमा गठबन्धनका उम्मेदवारहरुको घरदैलो कार्यक्रम तिव्र

तुलसीपुर,वैशाख २३ । तुलसीपुरमा गठबन्धनका उम्मेदवारहरुले घरदैलो कार्यक्रम तिव्र पारेका छन् ।

शुक्रबार बिहानै देखि तुलसीपुर बजारमा उत्साहा जनक सहभागीतामा घरदैलो कार्यक्रम गरेको छ । घरदैलो कार्यक्रममा उत्साहाजनह सहभागिता छ ।

गठबन्धनका तर्फबाट मेयर पदका उम्मेदवार गेहेन्द्र गिरी, उपमेयर पदका उम्मेदवार जोग बहादुर राना लगायत तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ का वडाध्यक्ष पदका उम्मेदवार विरेन्द्र कुमार शाह, वडा नं. ६ का वडाध्यक्ष पदका उम्मेदवार लोकराज डाँगी वडा नं. ७ का वडाध्यक्ष पदका उम्मेदवार लगायतको सहभागितामा तुलसीपुरको (क) लाईन, (ख) लाइर्न, (ग) लाईन , (घ) लाईन र (ङ) लाईनमा घरदैलो कार्यक्रम गरेको हो ।

आजदिन भर घरदैलो कार्यक्रम जारी छ । सबै मतदाताहरुको घरसम्म पुग्ने गठबन्धनका उम्मेदवारहरुले बताएका छन् ।

मतदाताहरुले तुलसीपुर उपमहानगरपालिकाको विकासका लागि गठबन्धनका उम्मेदवारले चुनाव जित्नु पर्ने बताएका छन् । स्थानीय रुपमा गठबन्धनको सरकार आएमा विकासले फड्को मार्ने र भ्रष्ट्राचार रोकिनेमा विस्वस्त रहेका छन् ।

गठबन्धनबाट तुलसीपुर उपमहानगरपालिकामा मेयर पदका उम्मेदवार गेहेन्द्र गिरीले तुलसीपुरको समग्र विकासका लागि गठबन्धनका उम्मेदवारलाई विजय बनाउन आग्रह गरे ।

प्रकाशित मिति : २०७९ बैशाख २३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *