२०८१ मङ्सिर २९ गते शनिवार

लमहीमा अबैध हतियारसहित दुई जना पक्राउ

तुलसीपुर, बैशाख २३ । दाङको लमहीबाट प्रहरीले अबैध हतियारसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा फूफाजु र भदै रहेका छन् । बाग्लुङ जिल्लाको घुँईया खोला घर भएका २० बर्षीय सोमु बिक र रुपन्देहीको शोद्धोधन गाउँपालिका वडा नं. २ का ४० बर्षीय कमल भनिने रुक्मान सुनार अबैध हतियारसहित पक्राउ परेको वडा प्रहरी कार्यालय लमहीले जानकारी दिएको छ ।

एक जना ब्यक्ति चक्कु राखेर हिडिरेहेको छ भन्ने सूचनाको आधारमा पुगेको प्रहरीले खान तलासी लिनेक्रममा उक्त अबैध हतियार बरामद भएको जानकारी दिएको छ ।

२० बर्षीय बिकको साथबाट भरुवा बन्दुकलाई मोडिफाइ गरि निर्मित पेस्तोल आकारको अबैध हतियार बरामद भएको प्रहरीले बताएको छ ।

सुनारले लमहीको टिकुलीगढमा जुनु बडीबिल्डर्सको ग्यारेज सञ्चालन गर्दै आएका छन् । सुनार नाताले बिकको फूफाजु हुन । प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान हुन बाँकी नै छ ।

प्रकाशित मिति : २०७९ बैशाख २३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *