२०८१ मङ्सिर १७ गते सोमवार

कारले किचेर तीन जनाको मृत्यु मुद्दामा चालक पुर्पक्षका थुनामा पठाइए

दाङ, बैशाख २२ । रातिमा कारले किचेर तीन जनाको मृत्यु भएको घटनाका आरोपी कार चालकलाई बाँके जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।

कार चालक नेपालगंज उपमहानगरपालिका वडा नं. १० का इन्द्रबहादुर थापालाई अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो ।

गत चैत २७ गते विपी चोक नजिकै थापाले चलाएको कारले किच्दा सडकमा हिडीरहेका पैदल यात्री नेपालगन्जका ६५ वर्षीया समिमा इदिसी, ५ वर्षीय मो.कासिम इद्रिसी र ६ वर्षीय मोहम्द अली हलवाईको मृत्यु भएको थियो ।

सोही मुद्दामा बाँके जिल्ला अदालतमा  विहीबार भएको थुनछेक बहसमा न्यायाधिश ईश्वरी प्रसाद भण्डारीको एकल इजलासले चालक थापालाई पूर्पक्षका लागि थुनामा पठाएको हो । 

थापाले कार तीब्र गतिमा चलाएको हुँदा पैदल यात्रीलाई किचेर मारेको सिसी टिभी फूटेज तथा प्रमाण समेतको आधारमा अदालतले उनलाई थुनामा पठाएको हो ।

मुद्दाको सुनवाईमा पीडित जाहेरवालाको तर्फबाट जिल्ला सरकारी वकिल कार्यलय बाँकेका जिल्ला न्याधिबक्ता बासुदेव शर्मा, सहन्याधिबक्ता दामोदर गौतम, अधिबक्ताद्धय विश्वजित तिवारी र पुनम श्रेष्ठ प्रतिबादीका तर्फबाट वरिष्ठ अधिबक्ता भोलासिंह हमाल, अधिबक्ताहरु सुनिल श्रेष्ठ, लोकबहादुर शाह, र गणेश थारुले बहस गरेका थिए ।

त्यस्तै बहसमा पिडितको तर्फबाट सूचना र मानव अधिकार अनुसन्धान केन्द्रका अध्यक्ष अधिबक्ता विश्वजित तिवारी लगायतको समुहले कानूनी सहयोग गरेको छ ।

संस्थाले गरिब तथा असहाय पीडित र न्याय नपाएकाहरुका लागि निशुल्क कानूनी सेवासमेत प्रदान गर्दै आएको छ ।

प्रकाशित मिति : २०७९ बैशाख २२ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *