२०८१ मङ्सिर २४ गते सोमवार

भूमिहिनको समस्या सल्टाउन मलाई बिजयी गराउनुहोस ः एमाले मेयरका उम्मेदवार खड्का

तुलसीपुर, वैशाख २१ । नेकपा एमालेबाट तुलसीपुर उपमहानगरपालिकाका मेयर पदका उम्मेदवार टीकाराम खड्काले भूमिहिनको समस्या समाधान गर्नका लागि एमालेका उम्मेदवारलाई बिजयी गराउन अपिल गरेका छन् ।


बुधबार तुलसीपुर वडा नं.९ मा आयोजित चुनाबी सभालाई सम्बोधन गर्दै एमालेका प्रदेश कमिटी सदस्यसमेत रहेका खड्काले एमालेले जितेमात्रै भूमिहीन समस्या समाधान हुने दाबी गरे ।


त्यस्तै उनले अहिले कुरुप अवस्थाको तुलसीपुरलाई सुन्दर बनाउन आँफूलाई बिजयी बनाउन अपिल गरे ।


तुलसीपुर क्षेत्रका बिद्युत तारले बजार कुुरुप बनेको भन्दै मेयरका उम्मेदवार खड्काले आँफूले जिते ती तारलाई अन्डरग्राउन्ड गर्ने प्रतिबद्धता जाहेर गरे ।


एमालेको पक्षमा लहर आएको भन्दै खड्काले आँफूहरुले जित्ने दाबी गरे ।

प्रकाशित मिति : २०७९ बैशाख २१ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *