२०८१ मङ्सिर २७ गते बिहिवार

बबईको हस्नापुरकी १६ बर्षीया सन्धाको बाढी बगाउँदा मृत्यु

तुलसीपुुर, बैशाख २० । खहरे खोलामा आएको बाढीले बगाउँदा दाङमा एक किशोरीको मृत्यु भएको छ ।
जिल्लाको बबई गाउँपालिका वडा नं. ४ हस्नापुरकी सन्ध्या परियारको स्थानीय हस्नापुर खोलामा आएको बगाउँदा मृत्यु भएको छ ।

इलाका प्रहरी प्रमुख डिएसपी श्यामु अर्यालका अनुसार सोमबार बेलुका एक्कासी भारी बर्षा भएपछि हस्नापुर खोलामा बाढी आएको थियो । गाउँ घरमा गएकी परियार फर्किएर घर आउने क्रममा खोला तर्ने क्रममा बाढीको भेलमा परेपछि बग्न पुगेकी थिइन ।
साढे पाँच बजेतिर परियारलाई बाढीले बगाएको खबर पाए लगतै इलाका प्रहरी कार्यालय हापुरेबाट प्रहरी नायब निरीक्षक केशबराज रेग्मीको कमाण्डमा खटिएको प्रहरी टोलीले बगेको स्थानदेखि १५० मिटर दक्षिणबाट उनलाई उद्धार गरेको थियो ।
गम्भीर अबस्थाकी परियारलाई उपचारका लागि तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताल ल्याइएकोमा परियारको मृत्यु भएको डिएसपी अर्यालले जानकारी दिए ।
किशोरीका बुवा आमा दुबै रोजगारीको सिलसिलामा छिमेकी देश भारतमा रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७९ बैशाख २० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *