घाेराही, बैशाख १९ । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमर पुनले बैशाख ३० गते हुने स्थानीय तहकाे निर्वाचनमा गठबन्धनका उमेद्वारहरूलाई मत विजयी बनाउन सम्पूर्ण मतदाताहरूलाई अनुराेध गरेका छन ।
घाेराहीमा पत्रकारहरूसँगकाे भेटघाटका क्रममा पुनले गठबन्धन राष्ट्रिय आवश्यकता भएकाले कांग्रेसले गठबन्धन गरेकाे भन्दै गठबन्धनका सम्पूर्ण मतदाताहरूलाई अनुराेध गरेका हुन ।
गठबन्धन बलियाेका साथ अगाडि बढिसकेकाले जित सुनिश्चित भएकाे उनकाे भनाई थियाे ।
गठबन्धनकाे व्यवस्थापनमा समस्याका कारण क्रियाकलापमा केही ढिलाई देखिएकाे उनले बताए ।
प्रकाशित मिति : २०७९ बैशाख १९ गते सोमवार
