२०८१ मङ्सिर २७ गते बिहिवार

तुलसीपुरमा एक सय भन्दा बढी काँग्रेसमा प्रवेश


तुलसीपुर,१५ बैशाख । तुलसीपुरमा करिव १ सय बढीले नेपाली काँग्रेसमा प्रवेश गरेका छन् ।

तुलसीपुर –५ नयाँ बसपार्कका करिव एक सय २५ जनाले काँग्रेसमा प्रवेश गरेका हुन् ।

नेपाली संयुक्त गठबन्धनको सम्पर्क कार्यालयमा उनीहरुलाई नेपाली काँग्रेसका केन्द्रिय सदस्य पूर्व मन्त्री दिपक गिरी , केन्दीइ सदस्य तथा मेयरमा उम्मेदवार गेहेन्द्र गिरीलगायतका नेताहरुले उनीहरुलाई पार्टी प्रवेश गराएका हुन् ।

स्थानीय तहको चुनाव नजिकिदै गर्दा तुलसीपुर क्षेत्रमा स्वतन्त्र तथा विभिन्न पार्टी परित्याग गर्नेहरुको लहर चलेको छ ।

काँग्रेसलेको सिद्धान्त र निति आफुहरुलाई मनपरेका कारण आफुहरु पार्टी प्रवेश गरेको नवप्रवेसीकाहरुले बताएका छन् ।

अन्य पार्टीले जनतालाई झुटा आवश्वास दिने गरेको भन्दै काँग्रेसलेनै देश र आफ्नो गाउँ टोलको विकास गर्ने भएकाले स्वस्फुत रुपमा आफुहरुले काँग्रेसमा प्रवेश गरेको उनीहरु बताउछन् ।

‘हामीले अव काँग्रेस तथा गठबन्धनलाई जिताउन लाग्ने छौं पार्टि प्रवेश गदै स्थानीयहरुले भने । ’

सो अवसरमा नेपाली काँग्रेसका केन्द्रिय सदस्य दिपक गिरीले नवप्रवेसीकाहरुलाई अव काँग्रेस तथा गठबन्धको पक्षमा जनमत जुटाउन लागन आग्रह गरेका थिए ।

गिरीले लोकतन्त्रको रक्षा र देशको विकास काँग्रेसले गर्ने भन्दै जनताको लहर काँग्रेसका देखिएको बताए ।

त्यस्तै मेयरमा उम्मेदवार केन्द्रिय सदस्य गेहेन्द्र गिरीले आगमी बैशाख ३० गतेको निर्वाचनमा गठवन्धनलाई जिताउन सवै लाग्नु पर्ने भन्दै नयाँ सदस्यहरुको पनि ठुलो भुमिका हुने बताए ।

उनले तुलसीपुरको समृद्धि र विकासका लागि आफुहरु कठिवध भएको भन्दै हुन सक्ने र गर्न सक्ने कामहरु आफुहरुले गर्ने भन्दै झुटा आवश्वासनमा नलाग्न सवैलाई आग्रह गरे ।

कार्यक्रममा मेयर पदका उम्मेदवार गिरीले तुलसीपुको मुहार फेर्न यसपटकको निर्वाचनमा गठबन्धनको उम्मेदवारहरुलाई बिजयी बनाउन नगरवासीहरुमा अपिल गरेका थिए ।

नेपाली काँग्रेस नगर समितिका उपसभापति विनिल केसीको अध्यक्षतमा भएको पार्टि प्रवेश कार्यक्रमको सजिकरण सचिव विमल पौडेलले गरेका थिए ।

प्रकाशित मिति : २०७९ बैशाख १५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *