२०८१ मङ्सिर २९ गते शनिवार

वडाको समग्र विकासका लागि मेरो उम्मेदवारी ः लोकराज डाँगी

तुलसीपुर,बैशाख १४ । वैशाख ३० गते हुन गईरहेको स्थानीय तहको निर्वाचनमा तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ को वडाध्यक्षमा नेपाली काँग्रेसका लोकराज डाँगीले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् ।

डाँगीले गठबन्धनबाट आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् । कांग्रेसमा लामो समयदेखि निरन्तर खटिएका एक डाँगी समाजसेवी पनि हुन् ।

पार्टीमा लामो समय सक्रिय भएका उनी पार्टीका बिभिन्न संगठनको कुसलतापूर्वक जिम्मेवारी निर्वाह गरेका छन् । हाल उनी पार्टीको क्षेत्रीय प्रतिनिधि छन् ।

उनले आफ्नो उम्मेदवारी समग्र वडाको विकासकालागि भएको बताए । ‘मेरो उम्मेदवारी समग्र वडाको विकासका लागि हो,उनले भने,’आफ्नो क्षमता र लगनशीलता नै चुनाव जित्ने आधार हो ।’

समग्र वडाको विकास र समृद्धिका लागी आफ्नो उम्मेदवारी रहेको उनको भनाइ छ । सडक, खानेपानी, कृषि, स्वास्थ्य र शिक्षाको विकास नै आफ्नो मुख्य एजेन्डा भएको डाँगीको भनाई छ ।

उनी हाल सिचाइ महासंघका जिल्ला अध्यक्ष तथा राष्ट्रिय पशुपालक संघ तुलसीपुरका अध्यक्ष हुन् ।

प्रकाशित मिति : २०७९ बैशाख १४ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *