तुलसीपुर, वैशाख १३ । तुलसीपुर उपमहानगरपालिकाको विद्युतलाइन काटिएको छ ।
समयमै महशुल नबुझाएका कारण नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र तुलसीपुरले उपमहानगरको बिद्युत लाइन काटिदिएको हो ।
उमहानगरपालिकाका सूचना अधिकारी बाबुराम न्यौपानेले मंगलबार बिहान कार्यालय आउँदा नै बिद्युत लाइन काटिएको जानकारी दिए ।
बेलुका चार बजेसम्मपनि काटिएको बिद्युत लाइन जडान गरिएको छैन ।
नेपाल विद्युत प्राधिकरण तुलसीपुरका प्रमुख ज्ञानबहादुर फर्सालले महशुल नबुझाउँदा सम्म बिद्युत लाइन जडान नहुने जानकारी दिए ।
फर्सालका अनुसार चार महिनाको बिद्युत महशुल उपमहानगरपालिकाले बुझाएको छैन ।
झन्डै डेढ लाख रकम बुझाउन पटक÷ पटक ताकेता अटेरी गरेको हुँदा बिद्युतलाइन काट्नु परेको उनले बताए ।
उपमहानगरपालिकाले सडक बत्ति बाफतको ८ं० लाख र जरिवाना समेत गरि ९० लाख जति महशुलपनि नबुझाएको उनले जानकारी दिए ।