लक्ष्मण बस्नेत,दाङ वैशाख १० । लमही नगरपालिका तेस्रो मेयर कप दाङ जिल्ला स्तरिय टि-२० क्रीकेट प्रतियोगिताको २०७९ को उपाधी त्रिशिद्धेश्वरी स्पोर्टस कल्व तुलसीपुरले जितेको छ ।
देउखुरी क्रीकेट क्लब को आयोजना तथा लमही नगरपालिकाको आर्थिक सहयोगमा संचालित प्रतियोगिताको शुक्रबार सम्पन्न फाईनल खेलमा दंङाली स्पोर्टस एकाडेमी घोराही लाई ६ रनले पराजित गर्दे त्रिशिद्धेश्वरी स्पोर्टस क्लबले उपाधी जितेको हो ।
उपाधी संगै उसले नगद ५० हजार, ट्रफी,मेडल तथा प्रमाणपत्र हात पार्यो । उता फाईनलमा सम्मानजक हार ब्यहोरेको दङ्गाली स्पोर्ट्स एकाडेमी उपबिजेतामा समित रहदै नगद ३० हजार, ट्रफी,मेडल तथा प्रमाणपत्रमा चित्त बुझाउन बाध्य भयो ।
लमही स्थित देउखुरी अन्तरास्ट्रीय क्रिकेट मैदानमा
टस जितेर ब्याटिङ रोजेको त्रिशिद्धेश्वरीले २० ओभरको समाप्तिमा आफ्ना ६ विकेटको क्षेतिमा १२५ रन बनाएको थियो ।
जसमा समिर न्यौपानेले सर्वाधिक ३९ रनको योगदान दिए । कप्तान शंकर वुढा ३८,सुदिप नेपाली १८ र संजोग गिरीले १२ रनको महत्वपुर्ण पारि खेलेका थिए ।
बलिङ तर्फ दंगालीका एकाडेमीका सुमन दसौदीले २ विकेट तथा आशिष वली र विरू मगरले समान १/१ विकेट लिए ।
१२६ रनको बिजयी लक्ष्य पच्छ्याएको दंगाली स्पोर्ट्स एकाडेमी घोराही १९ दशमलव ५ ओभर मा अलआउट भयो । जसमा दंगालीका विराट सिंह भण्डारीले ४२ सुशान्त सिह थापा १६ तथा विसम थापाले २३ रन को पारि खेले ।
बलिङमा त्रिशिद्धेश्वरीका लक्ष्मण वुढा र करण कुमारले शानदार बलिङ गर्दै समान ३/३ विकेट लिए भने मोहन खत्रीले महत्वपूर्ण २ र सुदिप नेपालीले १ बिकेट लिए ।
खेलमा उत्कृष्ट बलिङ गर्दै ४ओभरमा १७ रन खर्चदै ३ महत्वपुर्ण विकेट लिने त्रिशिद्धेश्वरीका लक्ष्मण वुढा म्यान अफ द फाईनल म्याच घोषित भए ।
यसैबिच प्रतियोगिताको समापन समारोह देउखुरी क्रिकेट कल्वका अध्यक्ष शोभाराम पौडेलको अध्यक्षता तथा लमही नगरपालीकाका मेयर कुल वहादुर केसीको प्रमुख आतिथ्य एवं उपमेयर देवीका वेलवासेलेको विशिष्ट आतिथ्यमा भएको थियो ।
सो अबसरमा
प्रतियोगिताको अबधिभर उत्कृष्ट खेल प्रदर्शन गर्ने ब्यक्तिगत बिधा तर्फ ईमर्जिङ प्लेयर र बेस्ट बलर ऋसि डि.सि., बेस्ट ब्याट्सम्यान सुशान्त सिंह थापा र म्यान अफ द सिरिज मोहन खत्री घोषित भए ।
एक सात सम्म संचालित प्रतियोगिताको अम्पायरको भुमिकामा इनामुदिन हल्वाई, रमेश सिंह पुन, अमित तामाङ रहेका थिए भने स्कोररमा मधु डि.सि. र सुरज खनाल रहेका थिए ।
कार्यक्रमको सहजीकरण विकाश भट्टराईले गरेका थिए ।