तुलसीपुर, बैशाख ९ । नेकपा एमालेका युवा नेता पदम केसीले पार्टी त्यागको घोषणा गरेका छन् । शुक्रबार फरककोणसंग उनले एमाले त्यागेको घोषणा गरेका हुन ।
केसी जिल्ला कमिटी सदस्य र निर्वाचन क्षेत्र नं. ३ (क) का इञ्चार्ज पनि हुन ।
तुलसीपुर उपमहानगरपालिका वडा नं. १६ को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिने केसीले जानकारी दिए ।
वडा नं. १६ मा एमालेले वडा नं. १७ का बासिन्दा अमर खड्कालाई उम्मेदवार बनाएपछि केसी रुष्ट बनेका हुन । खड्काको मतदाता नामाबली भने वडा नं. १६ बाटै छ ।
वडा नं. १६ मा पाँच दलिय गठबन्धनबाट नेकपा एकीकृत समाजबादीको भागमा परेको छ ।
‘ मेरो राजनीतिमा लामो योगदान छ,’ केसीले भने ‘ म स्वतन्त्र उम्मेदवार भएर पनि चुनाब जितेर देखाइदिन्छु।’
प्रकाशित मिति : २०७९ बैशाख ९ गते शुक्रवार