तुलसीपुर,बैशाख ६ । लायन्स क्लव अफ तुलसीपुर इसानले असाहय बृद्धलाई घरबासको व्यवस्था मिलाइ दिएको छ ।
तुलसीपुर उपमहानगरपालिका वडा न. ३ स्थित सिद्धधारा निवासी ६१ वर्षीय पदमबहादुर पुन विगत लामो समयदेखि खरले छाएको जिर्ण भवनमा बस्दै आएका थिए ।
उनलाई लायन्स क्लव अफ तुलसीपुर इसानले डेढ लाख बढीको लागतमा २ कोठे भवन निमार्ण गरि दिएको हो ।
उक्त भवन मंगलवार एक कार्यक्रमको आयोजना गरि स्थानीय वासीहरुको उपस्थितीमा पुनलाई हस्तान्तरण गरिएको छ ।
क्लवका सदस्यहरुले व्यक्तीगत रकम संकलन गरि असाहय पुनको भवन निमार्ण गरिदिएको क्लवका सह–सचिव तथा भवन हस्तान्तरण कार्यक्रमका संयोजक मानबहादुर गुरुङले जानकारी दिए ।
जिर्ण घरमा बस्दै आएका पुनले नयाँ घरमा बस्न पाउँदा अत्यन्त खुसी लागेको बताए ।
‘म अब कतै जान्न,बुढेशकालमा खुसीको दिन आयो,पुनले भावुक हुदै भने,‘म जस्ता असाहय विपन्नलाई घर बनाएर ठुलो उपहार दिनुभएकोमा हजुरहरुलाई धन्यावाद ।
उनले बुबा–आमाको मृत्यु पछि एक्लै बस्दै आएको बताए ।
साउन÷भदौको झरीमा खाने चामल नभएर गिठ्ठा–भ्याकुर खाएर पनि बसे,पुनले दुखेसो पोखे,‘तर अहिलेसम्म कहि कतैबाट सहयोग आएन,वडा सरकारका जनप्रतिनिधिहरुलाई न झन देख्न समेत पाएको छैन ।
लायन्स क्लव अफ तुलसीपुर इसानका अध्यक्ष बुद्धप्रकाश सिंहको अध्यक्षतामा भएको कार्यक्रममा क्लवका प्रथम उपाध्यक्ष प्रेमप्रकाश गिरी,तितृय उपाध्यक्ष हरि प्रसाद भुसाल,क्लवका कोषाध्यक्ष सुरेश बस्नेत,गुरुङ राष्ट्रिय परिषदका दाङ जिल्ला अध्यक्ष मोहन गुरुङ लगाएतले आगागी दिनहरुमा पनि क्लवले गरिव तथा असहाय व्यक्तीहरुलाई सहयोग गर्दै जाने प्रतिबद्धता जनाए ।
त्यस अवसरमा क्लवले असाहय पुनलाई खाद्यन्न सामाग्रीहरु नुन,तेल,चामल,दाल,सिरक,डसना,खाट लगाएतका सामाग्रीहरु हस्तान्तरण समेत गरेको छ ।
कार्यक्रमको सहजीकरण लायन्स क्लव अफ तुलसीपुर इसानका द्धित्तिय उपाध्यक्ष ऋषी भण्डारीले गरेको थिए ।