२०८१ चैत्र ३ गते आइतवार

रोल्पामा २१० रोपनीमा लगाएको अफिम खेति नष्ट

दाङ, बैशाख ६ । रोल्पामा प्रहरीले २१० रोपनी क्षेत्रफलमा लगाएको अफिमका बोटहरु नष्ट गरेको छ ।

प्रहरीले जिल्लाको थबाङ गाउँपालिका वडा नं। ४ मालागिरी, जुत्तर, नयाँगाउँ र गुराँसे लगाएतका स्थानमा लगाइएको अफिमका बोटहरु नष्ट गरेको हो ।

गोप्य सूचनाका आधारमा अफिम नष्ट गर्न इलाका प्रहरी कार्यालय सुलिचौरबाट प्रहरी निरीक्षक लक्ष्मण वलीको कमाण्डमा इप्रका पोवाङ, इप्रका उवा र इप्रका थवाङबाट खटिएको २२ जनाको प्रहरी टोली खटिएको थियो ।

पछिल्लो समय अबैध मानिने अफिमका बोटहरु नष्ट पार्ने अभियानमा रोल्पा प्रहरी सक्रिय देखिएको छ ।

प्रकाशित मिति : २०७९ बैशाख ६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *