२०८२ असार २७ गते शनिवार

प्युठानमा तालमेल गर्ने पाच दलिय गठबन्धनको निर्णय

प्युठान,चैत २९ । प्युठानमा सत्तासाझेदार दलहरुले जिल्लाका सवै स्थानिय तहमा चुनाबी तालमेल गर्ने निर्णय गरेका छन् ।

सोमबार वसेको पाच दलको बैठकले आशन्न स्थानिय तह निर्वाचनमा चुनावी गठबन्धन गर्ने निर्णय गरेका हुन।

नेकपा एकिकृत समाजबादी प्युठानका अध्यक्ष भोजबिक्रम बुढा मगरले जिल्लाका ९ स्थानीय तह, ६४ वटै वडा र जिल्ला समन्वय समितिमा गठबन्धन गर्ने निर्णय भएको जानकारी दिए ।

बैठकले पाँच दलको केन्द्र र प्रदेशको निर्देशन अनुसार स्थानीयस्तरमा गठबन्धनबिच आपसी समझदारी र सहकार्य साथ अघि बढ्ने बिज्ञप्ती मार्फत जनाईएको छ ।

बैठकमा नेपाली कांग्रेस प्युठानका सभापती बिष्णु कुमार गिरी, नेकपा (माओवादी केन्द्र) प्युठान जिल्ला इन्चार्ज नारायण अधिकारी, राष्ट्रिय जनमोर्चाका अध्यक्ष कृष्ण खड्का,नेकपा (एकिकृत समाजवादी)का अध्यक्ष भोजबिक्रम बुढा मगर र जनता समाजवादी पार्टीका अध्यक्ष श्याम गहतराज सहभागी थिए ।

प्रकाशित मिति : २०७८ चैत्र २९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *