घोराही, चैत २५ । घोराही उपमहानगरपालिका वडा नम्बर १७ मा ३ दिने शान्ति पुनस्र्थापनाका लागी मनोविमर्श तालिम सम्पन्न भएको छ ।
वडा कार्यालयको सहयोग र नेपाल महिला सामुदायिक सेवा केन्द्रको आयोजनामा महिलाहरुकालागी तीन दिने मनोविमर्श तालिम एवं सचेतना कार्यक्रम सम्पन्न भएको हो । तालिमको एक कार्यक्रमकाबीच समापन गरिएको छ ।
नेपाल महिला सामुदायिक सेवा केन्द्रका अध्यक्ष कल्पना न्यौपानेको अध्यक्षता एवं वडा अध्यक्ष खुशीराम चौधरीको प्रमुख आतिथ्यमा भएको तालिम समापन कार्यक्रममा बोल्ने वक्ताहरुले यस्ता तालिमले मानिसहरुमा रहेको मानसिक समस्या कम गर्नकालागी सहज हुने बताएका थिए ।
शारिरिक स्वास्थ्यजस्तै मानसिक स्वास्थ्यबारे जानकार भएको भन्दै आगामी दिनमा पनि यस्तो कार्यक्रम गर्न आवश्यक भएको बताएका थिए ।
तालिमले आफूहरुमा रहेको समस्या समाधानकालागी धेरै महत्वपूर्ण विषयहरुबारे जानकारी दिएको बताउदै सहभागीहरुले समाजमा रहेका मानसिक समस्यालाई कम गर्नकालागी भूमीका खेल्ने बताएका थिए ।
वडा अध्यक्ष चौधरीले समाजमा विभिन्न कारणले मानिसहरुमा मानसिक समस्या समाजकै समस्याको रुपमा रहेकाले तालिमकालागी बजेट बिनियोजन गरिएको बताए ।
उनले हरेक मानिसमा मानसिक समस्याबारे जानकारी हुनुपर्ने भन्दै यसमा सचेत बनाउन आवश्यक रहेको बताए ।
तालिमको प्रशीक्षकमा मनोसामाजिक मनोविमर्शकर्ता लक्ष्मी ढकाल रहेका थिए ।
कार्यक्रममा नेपाल महिला सामुदायिक सेवा केन्द्रका सचिव शीवा योगी, कार्यक्रम प्रमुख आर.के.शीतल, वडा सदस्य रेमन्ता पुन, द्धन्दपिडीत साझा सञ्जाल दाङका अध्यक्ष प्रकाश चौधरी, सहभागीहरु धरमपति चौधरी, कल्पना पन्थी, बसन्ती चौधरीले मन्तव्य राखेका थिए ।
लेखा सहायक अर्चना शर्माको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण प्रशासनिक सहायक सरस्वती चौधरीले गरेकी थिइन ।