२०८२ असार ७ गते आइतवार

लुम्बिनीमा समाजबादीलाई बाइकट गरे भन्नु गलत हो – काँग्रेस सभापति पुन

दाङ, चैत २४ । नेपाली काँग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले लुम्बिनीमा नेकपा (एकीकृत समाजवादी) लाई बाइकट गरिएको भन्ने कुरा सही नभएको बताएका छन् ।

सभापति पुनले लुम्बिनीमा सत्तारूढ पाँच दलीय गठबन्धनकै मर्म अनुसार लुम्बिनीमा आँफुहरु अगाडि बढ्ने जानकारी दिए ।

सभापति पुनले भने ‘काम बिशेषले उहाँहरु बैठकमा उपस्थिति नभएको मात्रै हो, उहाँहरुलाई हामीले छोडेको अर्थ लगाउनु सही हैन ।’

स्थानीय तहको निर्वाचनमा देशभर गठबन्धन गरेर जाने सहमति गरे पनि लुम्बिनी प्रदेशमा भने नेकपा एकीकृत समाजवादी बाहेकको गठबन्धन बनेको छ भन्नु भ्रम भएको उनले प्रतिक्रिया दिए ।

बुधबार लुम्बिनी प्रदेशसभामा नेकपा माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा नेकपा एकीकृत समाजवादीबाहेक चार दलका प्रदेशस्तरीय नेताहरुको बैठक बसेको थियो।

उक्त बैठकमा माओवादी केन्द्रका लुम्बिनी प्रदेश ईन्चार्ज चक्रपाणी खनाल बलदेव, प्रदेश अध्यक्ष सुदर्शन बराल, नेपाली कांग्रेसका प्रदेश सभापति अमरसिंह पुन, जनता समाजवादी पार्टीका प्रदेश अध्यक्ष अशोककुमार यादव र राष्ट्रिय जनमोर्चाका प्रदेश उपाध्यक्ष बद्रे आलमलगायत सहभागी हुँदा एकीकृत समाजवादीबाट भने कोही सहभागी थिएनन् ।

बैठकपछि संयुक्त रूपमा जारी गरिएको विज्ञप्तिमा पनि चार दलका प्रदेश अध्यक्षको हस्ताक्षर छ।

प्रकाशित मिति : २०७८ चैत्र २४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *