२०८१ चैत्र ९ गते शनिवार

नेपालले मलेसियालाई ६ विकेटले हरायाे

काठमाण्डौ,चैत १६ । त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा नेपालले मलेसियालाई ६ विकेटले हराएको छ ।

मलेसियाले दिएको एक सय १५ रनको लक्ष्य नेपालले १३ ओभर ४ बलमा चार विकेट गुमाएर भेटायो । नेपालका लागि आशिफ शेखले सर्वाधिक ५७ रन बनाए ।

यस्तै दीपेन्द्रसिंह ऐरीले २१, दीलिप नाथले नटआउट १५ र रोहत पौडेलले १२ रन बनाए । बलिङतर्फ मलेसियाका पवनदीप सिंहले दुई विकेट लिए । यस्तै मोहम्मद अमिर र सइद अजिजले एकरएक विकेट लिए ।

यसअघि त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय १४ रन बनायो । मलेसियाका लागि जुबैदी जुलकिफ्लीले ३२ र कप्तान अहमद फैजले २४ रन बनाए ।

बलिङतर्फ नेपालका करण केसी र कप्तान सन्दीप लामिछानेले दुईरदुई विकेट लिए । यस्तै अभिनाश बोहरा, दीपेन्द्रसिंह ऐरी र कुशल मल्लले एक–एक विकेट लिए ।

यसअघि पहिलो खेलमा अस्ति नेपालले पपुवा न्यूगिनी पीएनजीलाई १५ रनले हराएको थियो । त्यस्तै हिजोको खेलमा मलेसियाले पीएनजीलाई ८ रनले हरायो ।

नेपालले तेस्रो खेल भोलि पीएनजीसँग खेल्नेछ । त्रिदेशीय शृङ्खलामा नेपाल, मलेसिया र पीएनजी सहभागी छन् ।

प्रकाशित मिति : २०७८ चैत्र १६ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *