२०८२ बैशाख ७ गते शनिवार

प्रदेश पुर्वाधार बिकास प्राधिकरणका प्रमुखले दिए राजिनामा

दाङ,चैत १४ । लुम्बिनी प्रदेश पुर्वाधार बिकास प्राधिकरणका प्रमुख अनन्तराज घिमिरेले राजिनामा दिएका छन् ।

उनले लुम्बिनी प्रादेशिक अस्पतालको टेण्डर विवादको दबाबकाबिच प्राधिकरणका प्रमुख सिओले राजिनामा दिएका हुन ।

राजिनामा दिदै उनले भने,’ दलालहरुको दलाल बन्नु पर्ने रहिछ । म त्यो बन्न सकिन । त्यसैले मैले राजीनामा दिए ।’

साथै उनले लुम्बिनी प्रादेशिक अस्पतालको ठेक्का सम्झौता तोडेको छ । सोमबार प्राधिकरणको बसेको बैठकले सम्झौता तोड्ने निर्णय गरेको उनले बताए ।

अस्पतालको ७ सय करोडको ठेक्का हुदा प्रदेश सरकारलाई करिब १५० करोड घाटा लाग्ने अबस्थामा देखिएपछी उक्त सम्झौता तोडिएको घिमिरेले बताए ।

घिमिरे प्रदेश पुर्वाधार प्राधिकरणको सिओमा गत असोज २४ गते नियुक्त भएका छन् । राजिनामा दिएका घिमिरेले अब आफू कुनै पनि राजनीति दलमा आबद्ध नरहेर स्वतन्त्र रहेको समेत बताएका छन् ।

घिमिरे नेकपा माओवादीमा २०५६ सालदेखि आवद रहदै आएको उनले बताए ।

६ महिनाको अबधिमा उनले लुम्बिनी प्रदेशको राजधानीको गुरुयोजना, जग्गा एकीकरण तथा बिकास कार्यबिधी, राप्ती प्रादेशिक अस्पतालको डिपिआर, नेत्रलाल खेलकुद िस्टडियमलगायतका कामहरु गरेको बताए । ।

प्रकाशित मिति : २०७८ चैत्र १४ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *