नारायणपुर, चैत १० । घोराही उपमहानगरपालिका वडा नं. ८ स्यानी गाउँमा स्थानीय चौधरी परिवारले लगाएको सूर्यमुखी फूलको खेति भाइरल भएको छ ।
सामाजिक सञ्जाल प्रयोग कर्ताका कारण तेलको लागि गरिएको सूर्यमुखीको खेति भाइरल भएको हो ।
बगैचाकी माली ३८ बर्षीय शोभा चौधरीले साढे ७ कठ्ठा क्षेत्रफलको बारीमा लगाइएको सूर्यमुखीको फूलबारी हेर्न गत शनिबार मात्रै तीन सय २० मानिस आएको जानकारी दिइन ।
त्यो दिन प्रतिब्यक्ति ५० को दरले प्रबेश शूल्क लिदा १६ हजार रुपैंया एकै दिन संकलन भएको चौधरीले बताइन । ६ दिनमा मंगलबारसम्म प्रबेश शूल्कबाट ४३ हजार संकलन भइसकेको उनले बताइन । त्यसले ६ दिनमा ८ सय ६० जना सूर्यमुखीको फूल हेर्न गए भन्ने प्रमाण हो ।
नारी दिवसका दिन त्यस्तै थामी नसक्नु भिड त्यहाँ जम्मा भएको थियो । तर, त्यति प्रबेश शूल्क तोकिएको थिएन ।
मानिसहरुको भिड थामी नसक्नु भएपछि र त्यहाँ फोटो खिच्न तथा टिकटक बनाउन आउनेहरु नाँच्ने, दौडिने तथा टिपेर लैजाने हुँदा फूलहरुमा क्षति पुगेपछि आउनेहरुकै सल्लाहामा प्रबेश शूल्क तोकिएको शोभाले तर्क गरिन ।
शोभाका अनुसार सुरुमा त्यहाँ स्थानीय युवा ललितको समुह एक दिन पिकनिक खान आएका थिए । उनैले पहिलो पटक सामाजिक सञ्जालमा सूर्यमुखी फूलेको फोटो भिडियो अपलोड गरेपछि उनको खेति भाइरल भएको हो ।
चौधरीले रोपेको सूर्यमुखीको खेति भाइरल भएपछि त्यहाँ तस्बिर र भिडियो खिच्न जानेहरुको संख्या अझैं कायमै छ ।
यद्यपी पछिल्लो समय अधिकाँस फूलहरु ओइलाई सकेका छन् ।
चौधरीको सूर्यमुखी फूलको खेति तुससीपुर – घोराही सडक खण्ड अन्तरगत घोराही – १० स्थित नारायणपुर बजारको झारबैरा चोकदेखि दक्षिण करिब ६ मिटरमा अबस्थित छ ।