२०८१ फाल्गुन ६ गते मङ्गलवार

संसद् विघटन ठिक छ भन्नु अस्थिरताको पक्षमा हिँड्नु होः घनश्याम भुसाल

काठमाडौं,चैत ८ । नेकपा एमालेका नेता घनश्याम भुसालले संसद् विघटन ठिक छ भन्नु अस्थिरताको पक्षपोषण गर्नु सरह भएको बताएका छन् ।

मंगलबार पत्रकारहरुसँग भुसालले संसद् विघटन ठिक निर्णय नभएको बताएका हुन् ।

उनले भने, ुअब पनि संसद् विघटन ठिक छ भन्नु अस्थिरताको पक्षमा हिँड्नु हुन्छ । जिम्मेबार पार्टी नेकपा एमालेबाट यस्तो काम गर्नुहुँदैन । जुन काम हामी गर्दैनौं ।’

‘केहि राजनीतिक कारण छन् । त्यो राजनीतिक कारण भनेको पुस ५ मा गरिएको संसद् विघटन । त्यो एउटा राजनीतिक मुद्दा हो । जहाँ हामी विभाजित छौं । यो कुरा स्वयम् अदालतले संवैधानिक बेञ्चले यो विषयमा निर्णय गरिसकेको छ । र अब यो संविधान रहेसम्म संसद् विघटन गर्न मिल्दैन । सर्वोच्च अदालतको त्यो निर्णय गलत छ भन्ने हो भने यो संविधान भत्किन सुरु गर्छ । ‘

प्रकाशित मिति : २०७८ चैत्र ८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *