दाङ, ७ चैत । दाङ जिल्ला उद्योग बाणिज्य संघको आयोजनामा घोराहीमा सञ्चालन भइरहेकोे दाङ औद्योगिक, पर्यटन तथा कृषि प्रदर्शनी २०७८ एक दिन थप गरिएको छ । नागरिकको माग अनुसार एक दिन थप गरिएको प्रदर्शनी मुख्य आयोजक समितीका संयोजक टंकसिंह वुढाथोकीले जानकारी दिए । अव प्रदर्शनी चैत ९ गते सकिने भएको छ । प्रदर्शनीमा दैनिक दर्शकको आषर्कण बढदै गएको छ । दिउसो चर्को घामको पनि प्रभाव नगरि उनीहरु रमाउने गरेका छन् । विहान देखि साँझ सम्म नै कलाकारहरु संगै रमाउने गरेका छन् । प्रदर्शनीमा दैनिक नागरिकहरुको सहभागिता बढदै गएको मुल आयोजक समितीले जनाएको छ । प्रदर्शनीको १२ औ दिन पनि साँझ सम्म पनि दर्शकको उल्लेखीय सहभागिता रहेको थियो । प्रदर्शनीमा रहेका पसलहरुमा ग्राहकको भिड रहेको थियो । ग्राहकले आफुलाई आवस्यक पर्ने सामाग्रीहरु खरिद गरेर लग्ने गरेका छन् । प्रदर्शनीमा आएका राष्ट्रिय कलाकारहरु तथा स्थानिय कलाकारहरुलाइ नाचेर साथ दिएका थिए । चर्को घामको प्रवाह नगरी नागरिकहरु कलाकारहरु संगै संगै रमाएका थिए । दर्शकहरुलाई घाम बाट बचाउन टेन्ट र बस्नका लागि दरीको समेत व्यवस्था गरिएको छ । यसले दर्शकहरुलाइ बस्न समेत सहजता भएको छ । प्रदर्शनीमा युवा युवतीहरुको सहभागिता बढी रहेको थियो ।सोमवार प्रमोद खरेल, कृष्ण काफले, रिया घले, अनु राना मगर, सुनिता अधिकारी, सगुन थापा, शरद समिप, देवेन्द्र वस्नेत, शसि शर्मा मजगैया तथा स्थानिय कलाकारहरुले आ आफनो प्रस्तुती राखेका थिए । मंगलवार प्रिती आले, मिस्टर आर जे, सगुन थापा, सर्मिला अर्याल तथा अन्य कलाकारको प्रस्तुती रहने भएको छ । प्रदर्शनीमा बालवालिकाहरु बाल उद्यान्नमा रमाउने गरेका छन् । संघको आयोजनामा ‘उद्योग व्यापार कृषि एवं पर्यटनको विकास, पर निर्भर मुखी अर्थतन्त्रको निकास’ भन्ने नाराका साथ यही फागुन २६ गते देखि चैत ९ गते सम्म घोराही उपमहानगरपालिका वडा नं १४ को झिगौरामा प्रदर्शनी सञ्चालन भइ रहेको छ । प्रदर्शनीमा ५ लाखले अवलोकन गर्ने तथा २० करोड बढीको कारोवार हुने मुख्य आयोजक समितीले जानकारी दिएको छ । प्रदर्शनीमा दैनिक धार्मिक पुर्जा, पाठ तथा अखण्ड दिप प्रज्वलन भइ रहेको मुल आयोजक समितीले जनाएको छ ।
ुन थापा, सर्मिला अर्याल तथा अन्य कलाकारको प्रस्तुती रहने भएको छ । प्रदर्शनीमा बालवालिकाहरु बाल उद्यान्नमा रमाउने गरेका छन् । संघको आयोजनामा ‘उद्योग व्यापार कृषि एवं पर्यटनको विकास, पर निर्भर मुखी अर्थतन्त्रको निकास’ भन्ने नाराका साथ यही फागुन २६ गते देखि चैत ९ गते सम्म घोराही उपमहानगरपालिका वडा नं १४ को झिगौरामा प्रदर्शनी सञ्चालन भइ रहेको छ । प्रदर्शनीमा ५ लाखले अवलोकन गर्ने तथा २० करोड बढीको कारोवार हुने मुख्य आयोजक समितीले जानकारी दिएको छ । प्रदर्शनीमा दैनिक धार्मिक पुर्जा, पाठ तथा अखण्ड दिप प्रज्वलन भइ रहेको मुल आयोजक समितीले जनाएको छ ।
प्रकाशित मिति : २०७८ चैत्र ७ गते सोमवार